जनकपुरधाम । सप्तरीमा थारू राष्ट्रिय भेला सम्पन्न भएका छन । रेशम चौधरी बचाउ अभियान जिल्ला सप्तरीको कञ्चन?प नगरपालिका वडा नम्बर ७ स्थित बलुवा चौकमा भएको थारू राष्ट्रिय सम्मेलन २०७६ सम्पन्न भएको कार्यक्रममा सहभाागि भएका राजेश कुमार शर्माले बताए । पाँच बुँदे माग अघि सार्दै उनीहरूले आफ्नो माग सम्बोधन नभए आन्दोलनको सुनामी ल्याउने उद्घोष समेत गरेका छन् । संविधान संशोधन, थरूहट प्रदेशको स्थापना, विभिन्न सरकारले थरूहट सँग गरेको सहमतिको कार्यान्वयन, टिकापुर घटना छानबिन आयोगको प्रतिवेदनको सार्वजनिक करण र टिकापुर घटना पछि थारूहरू उपर भएको हिंसा आगजनी र बलात्कारमा संलग्नहरू उपर कारबाहीसहितको पाँच बुँदे माग उनीहरूले अघि सारेका छन् ।

सम्मेलनको उद्घाटन गर्दै टिकापुर घटनामा संलग्न रहेको आरोपमा ४२ महिना जेल जीवन बिताएर थुना मुक्त भएका लक्ष्मण थारूले वर्तमान संविधान थारूहरूलाई स्वीकार्य नभएको भन्दै संविधानको ३५ बुँदामा संशोधन हुनु पर्ने आफूहरूको माग रहेको बताए । संविधानको धारा २०७४ ले संविधान संशोधनको व्यवस्थालाई जटिल बनाउनुका साथै प्रदेशको सिमाङ्कन फेर्न नसकिने रहेकाले धारा २७४ र अनुसूची ५ को संशोधन आवश्यक रहेको बताए ।

टिकापुर घटना छानबिन आयोगको प्रतिवेदन सरकारले सार्वजनिक नगरे र प्रतिनिधिसभा सदस्य रेशम चौधरी सतिह ११ जना लाई जेल मुक्त नगरे सम्म संसद्मा हंगामा मच्चाउन र बजेट पास हुन नदिन राजपाका नेताहरू सँग आग्रह गरेको भन्दै थारूले अधिकार प्राप्तिका लागी आन्दोलनको विकल्प नरहेको बताए । “काँग्रेस र नेकपाले चाहे जस्तो हामी अव सहिद बन्ने खालको आन्दोलन चाहँदैनौ शान्तिपूर्ण र सशक्त आन्दोलनको तयारीमा जुटेका छौ” उनले भने । १२ वर्षको जनयुधमा ३ हजार था?ले ज्यान गुमाएको स्मरण गर्दै उनले भने बम बनाउन र पड्काउन हामी लाई पनि आउँछ तर हामी आतंकारी होइनौ, बुद्धका सन्तान हौ र हाम्रो नशा नशामा शान्ति छ । त्यसैले विना सर्त हाम्रो मागलाई सरकारले पुरा गर्नु पर्ने समेत थारूले बताए ।

सोही कार्यक्रममा कारागार वाट रेशम चौधरीले पठाएको शुभकामना सन्देश दाङका महेश था?ले पढेर सुनाएका थिए । उक्त सन्देशमा चौधरीले धेरै भोट पाएकै कारण आफू जेलमा कोचिनु परेको भन्दै छुट्टै देश मागिने राष्ट्रप्रेमी हुने तर यही देशका आदिवासी हामी थारू कसरी अपराधी भयौ भन्ने प्रश्न गरेका छन् ।

जेलमा मान्छे थुनिन सक्छ तर विचार थुनिन सक्दैन रेशम चौधरी व्यक्ति हो तर उसले उठाएको मुद्दा थारूहरूको भएको सन्देशमा उनले जिकिर गरेका छन् । तेजलाल चौधरी बाहेक सबै पार्टीका सांसदहरू आ–आफ्नो पार्टीको दास भएको भन्दै उनले सन्देशमा अगाडी भनेका छन् । थारू कुनै पसलमा विक्री हुने वस्तु होइन, पसल टिकाउने र नाम भजाउने थारूको नाममा व्यापार गर्ने हरूले थारूलाई के दिए भनी उनले प्रश्न समेत गरेका छन् ।

सोही कार्यक्रममा बोल्दै राजपाका महासचिव समेत रहेका आदिवासी जनजाति नेता राजकुमार लेखीले ,रेशम चौधरी लगायतको रिहाइ आफूहरूले गराउने विश्वास दिलाउँदै भने आन्दोलन सुरू हुँदा आफै भित्र शङ्का उपशङ्का सुरू हुन्छ भित्रैबाट आन्दोलन कमजोर हुन सक्छ यसको पहिचान गरेर अघि बढ्नुपर्ने बताए । प्रदेश सभा सदस्य विदेश्वर यादवले थारू हक अधिकार विरूद्ध लाग्ने थारू नेताहरूलाई बहिष्कार गर्नु पर्ने बताए । कैलाली घटनाकै आरोपमा पक्राउ परि हालै जेल मुक्त भएका रामप्रसाद चौधरीले आफूहरूको आन्दोलन नसेलाएको भन्दै अखण्ड सुदूरपश्चिम र कर्णाली प्रदेहजस्तै थारू हट प्रदेश लिएरै छाडने जिकिर गरे ।

त्यसै गरि थारू राष्ट्रीय भेला कार्यक्रममा भारत नेपाल सामाजिक सांस्कृतिक मंचको भारतका अध्यक्ष राजेश कुमार शर्माले भन्नु भयो रेशम चौधरीको मुद्दा थारू आंदोलनका लागि होइन मधेशको अधिकारकको लागि हो । त्यसैले सम्पूर्ण जात जाती आदिवाशी जनजाति लाई यो अभियानमा सहभागी हुन अनुरोध गरे।

सङ्घर्ष समितिका संयोजक रमाकान्त थारू (राज थारू) को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सांसद चन्द्रकान्त चौधरी, सङ्घर्ष समितिकी कल्पना चौधरी लगायतले सम्बोधन गरेका थिए । सम्मेलनमा झापा, मोरङ, सुनसरी, सप्तरी, दाङ, कैलाली सहितका जिल्लाहरूबाट थारू अगुवाहरूको सहभागिता रहेको समितिका संयोजक रमाकान्त चौधरीले बताए । सम्मेलन शुक्रवार सम्म चल्ने छ ।