धरान / प्रहरीको तथ्याङ्कमा धरान लागूऔषध प्रयोगकर्ता भएको दोस्रो स्थानमा पर्छ । काठमाण्डौ पछि धरानमा बढि लागु औषध प्रयोगकर्ता रहेका छन् । लागूऔषध प्रयोगकर्ताको उच्च जोखिम रहेको क्षेत्र सुनसरीलाई दुव्र्यसनीमूक्त बनाउन धरान प्रमुख भएर आउने डिएसपीले मुख्य एजेण्डा बनाउने गरेका छन् । तर प्रयोगकर्ता घट्ने विसको उन्नाइस भने भएको छैन् ।
लैलैमा तथा अन्जानमा कुलतमा फसेका युवाहरुको व्यवस्थापनका लागि धरानेहरुले दुई वटा ठूला भवन निर्माण गरेका छन् । सरकारको लगानी विना स्थानीयको सहयोगमा करोडौको भवन निर्माण गरेर यहाँका स्थानीय मुलुक भर उदाहरणीय बनेका छन् ।

आसरा सुधार गृह

aasara
धरान–६ मा ‘आसरा सुधार गृह’ निर्माण भएको छ । अब लागूऔषध दुव्र्यसनमा फसेकाहरूको उपचार प्रक्रिया पनि थालिसकेको छ । अहिले भर्नाको चरणमा छ । आसरामा एक पटकमा एक सय दुव्र्यसनीलाई उपचार दिने गरी तीन तले सुविधा सम्पन्न भवन निर्माण भएको छ ।

काठमाडौंमा रानबारीमा आसरा सञ्चालनमा छ । त्यसैको शाखाको रूपमा धरानमा स्थानीयको सकृयतामा ७ कठ्ठा साढे १८ धुर जग्गामा फैलिएको आसरा भवन निर्माण गरिएको हो । आसरा सुधार केन्द्र भवन निर्माण समितिका अध्यक्ष पूर्व मेयर मनोजकुमार मेन्याङ्बो रहेका थिए । फागुन २६ गतेदेखि दुव्यसनीहरुको भर्ना शुरु गरिएको छ । चेत १ गते आईजिपी सर्वेन्द्र खनालले भवनको उद्घाटन गरेका थिए ।

यसको कुल लागत २ करोड ३७ लाख रुपैयाँ रहेको छ । सबै रकम जनसहभागितामा जुटाइएको समितिका सचिव सरोज श्रेष्ठले जानकारी दिए । भवनमा आवास कक्ष, बैठक कक्ष, कार्यालय कक्षहरू, जीम, योग तथा कक्षा सञ्चालनका लागि हल, पुस्तकालय, परामर्श कक्ष, उपचार कक्ष, कार्यक्रम हल, किचन डायनिङ हललगायतका सुविधा छन ।

आधुनिक हिरासत भवन निर्माण

hirasat_sketch
यस्तै इलाका प्रहरी कार्यालय धरान परिसरमा जनसहभागीता मै सुविधा सम्पन्न हिरासत भवन निर्माणको प्रक्रियामा छ । ५० प्रतिशत काम भईसकेको हिरासत भवन निर्माण समितिका अध्यक्ष तथा धरान उपममहानगरका पूर्व उपमेयर मीनकुमार सुब्बाले जानकारी दिए ।

हिरासत यातना दिने ठाँउ हैन सुधार बन्ने थलो हो भन्ने अभिप्रायका साथ मुलुक कै नमुना हिरासतको रूपमा धराने जनता आफैले बनाउन सुरू गरेको भवनको पहिलो तलाको ढलान सम्पन्न भएको छ । पहिलो तलामा ४ र दोस्रो तलामा ४ वटा गरी जम्मा ८ वटा कोठा रहने छ । यसमा विभिन्न प्रकृतिका रोगी थुनुवाहरुलाई छुट्टै राख्ने गरि भवन निर्माणको अवधारण ल्याइएको थियो । तत्कालिन डिएसपी रामेश्वर पौडेलले उक्त योजना ल्याएर धराने जनताले बनाउन शुरु गरेका हुन ।

आगमी साउन भित्र सक्ने गरि काम भइरहेको भवनका लागत २ करोड ७८ लाख रहेको छ । हासम्म स्थानीयबाट ७५ लाख संकलन भइसकेको निर्माण समितिले जनाएको छ ।

दुई असक्तलाई घर निर्माण

pykurel यस्तै स्थानीय पत्रकार तथा मजदुर नेताहरुको पहलमा एक बर्ष अघि शारिरक अशक्त पुन्य प्याकुरेल र विपन्न परिवारका मनोज माझीको ७÷७ लाख लागतमा घर निर्माण गरेर उनीहरुलाई स्थापीत गरि दिएका थिए । धरानका दाताहरुको सहयोगमा उनीहरुलाई घर निर्माण गरिएको हो ।

धरानेहरु यस्ता सामाजिक काममा नमुनाको रुपमा रहेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्कीले बताए ।

majhi ghar
दानवीरहरुको शहर धरान

धरानमा बढि लाहुरेहरुको बसोबास रहेको छ । यहाँको भित्री सडकहरु प्राय पिच छन् । उक्त सडक निर्माण गर्न स्थानीयले ६० प्रतिशतसम्म योगदान दिएका छन् । उपमहानगरको ४० प्रतिशत र स्थानीयको ६० प्रतिशत खर्चमा यहाँका प्रायः सडकहरु निर्माण भएका छन् । त्यसैले धरानलाई जनसहभागिताको शहर भनेर देश भर नाम चलेको छ । यहाँको सडक हेर्न विभिन्न स्थानीय तहको जनप्रतिनिधिहरु आउने गरेका छन् ।
हङ्कङ्मा रहेको घण्टाघरको आकृतिमा धरानको मुख्य चोकमा घण्टाघर निर्माण भएको छ । त्यो पनि जनसहभागीतामा निर्मान भएको हो ।

ghantaghar