'अव घोकन्ते विद्याको काम छैन्, हामी स्मार्ट किड्समा जोड दिन्छौं'

alt
  • बैशाख १६, २०७६
  • १,४३० पटक पढिएको
  • ब्लाष्ट खबर

विद्या धनम् सर्व धनम् प्रधानम् भन्ने उक्तिलाई मनन् गर्ने हो भने संसारको सबभन्दा ठूलो वा मुख्य धन नै विद्या हो भन्ने बुझिन्छ । राष्ट्रको सर्वाङ्गीण विकास लागि शिक्षा मेरुदण्ड हो भन्दा अत्युक्ति नहोला । शिक्षा ज्ञानको ज्योति हो । शिक्षा चेतनाको मुहान हो । शिक्षा अन्तरदृष्टिको नयन हो । शिक्षा नै विकासको पूर्वाधार हो । शिक्षार्जनपश्चात् पाएको शिक्षा वा ज्ञानलाई भावी पुस्तामा हस्तान्तरण गर्दै जानुपर्छ नत्र शिक्षा, चेतना र ज्ञानको मुहान नै सुख्खा हुँदै जान्छ । यही कुरालाई मनन् गरी वि।सं। २०५० साल पौष २१ गते बुधबारका दिन शुभ मुहूर्तमा धरानका चारजना शिक्षाप्रेमी युवाहरू सुदीप यल्मो योञ्जन, राजेन्द्रकुमार गुरुङ, कुमार चेम्जोङ र चन्द्रदीप लामाले साविक धरान नगरपालिका वडा नं ४ (हाल धउमनपा—१०) मा २ सय ७३ जना विद्यार्थीहरूका साथमा स्थानीय शान्ती मास्केका घरमा भाडामा सञ्चालित युरेका रेसिडेन्सियल स्कुलले चाँडै नै धरान र धरानबाहिरका अभिभावकको मन जित्न सफल भएको छ ।
'EUREKA' शब्द ग्रीक भाषाबाट लिइएको हो । यसको अर्थ अङ्ग्रेजी भाषामा I have found it अथवा I got it  हुन्छ । वाह १ मैले पाएँ वा मैले पत्ता लगाएँ भने नेपाली रूपान्तरण हुन्छ । यस EUREKA शब्दको शाब्दिक अर्थ झैं धरानवासी अभिभावकले यस विद्यालयको स्थापनापछि वास्तवमै हामीले युरेकामा शिक्षार्जन गराउन पायौं भन्दै विश्वासका साथ क्रमश: बर्सेनी विद्यार्थीहरू थप्दै गएर २०५६ सालमा प्रथम पटक प्रवेशिकामा विद्यार्थी सामेल गराउन सफल भयो युरेका स्कुल ।
आज आएर युरेका स्कुलले आफ्नो इतिहासलाई कायम राख्दै मण्टेश्वरी कक्षादेखि क्रमशः कक्षा १२ सम्म अध्यापन गराइरहेको छ । विसं २०५० सालमा अभिभावक तथा विद्यार्थीको चाहनालाई मध्यनजर गर्दै कक्षा ११ र १२ का विज्ञान तथा वाणिज्य सङ्कायका कक्षाहरू सञ्चालनमा आए । शुरुमा घर भाडामा लिएको स्कुलले अहिले २ वटा भवन स्कुलकै नाममा खरिद गर्न सफल भएको छ । यस विद्यालयले किताबी ज्ञानबाहेक अतिरिक्त क्रियाकलापहरूमा जोड दिँदै वैज्ञानिक र व्यवहारिक शिक्षा दिन सफल भएको छ । यसै विषयमा युरेकाका प्रिन्सिपल राजेन्द्र गुरुङसँग ब्लाष्ट खवरले गरेको कुराकानीको सारः यहाँ प्रस्तुत गरिएको छ ।

  • धरानमा युरेका स्कुलको ब्राण्ड जुन छ त्योसँगै राजेन्द्र गुरुङको नाम पनि उत्तिकै जोडिन्छ किन ?

 म मात्र होइन । यो विद्यालय सञ्चालन देखि नै हाम्रो टिमले जुन मेहनत ग¥यो । यो विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी तथा अभिभावकको मन जित्न सफल भयो । यो हाम्रो सफलता हो । इन्टरनेशल स्कुल अवार्डसम्म जित्न सफल यो विद्यालय धरानमा मात्रै नभएर नेपालमै एक प्रकारको छुट्टै छाप छाड्न सफल भएको छ । अब मेरो बारेमा भन्नुहुन्छ भने पढाउनु, विद्यालय चलाउनु यो मेरा प्यासन हो । मसँग बच्चा तथा अभिभावक र समाजप्रतिको जुन दायित्व छ । त्यसलाई पूरा गर्नु मेरो कर्तव्य ठान्दछु । तर, ममा के छ भने विद्यालय मात्रै नभएर कुनै पनि कुराहरू सञ्चालन गर्दा वा काम गर्दा एक प्रकारको लगाव जरुरी हुन्छ । लगावकै कारण सफलता पाइने हो । म यो विद्यालयमा पढ्ने नानीहरूलाई दैनिकरूपमा नयाँ कुरा के सिकाउन सकिन्छ, उनीहरूलाई जीवन उपयोगी शिक्षा कसरी दिन सकिन्छ भनेर सोची नै रहेको हुन्छु । सायद त्यसैले पनि विद्यालयसँग मेरो नाम जोडिएको हुनसक्छ ।

  • तपाईको विचारमा विद्यालय के हो ?

 विद्यालय भनेको न विल्डिङ हो, न स्मार्ट बोर्ड हो । विद्यालय भनेको फिलोसोपी हो । स्मार्ट बोर्डले नानीलाई प्रभावकारी ज्ञान दिन सक्दैन । हामी त स्मार्ट किड्स चाहिन्छ भन्छौं । हामीले २५ वर्षमा विद्यालय सञ्चालन मात्रै गरेका छैनौं । म अझै पनि पढ्छु । नयाँ–नयाँ प्रयोग गर्छु । अहिलेको जमानामा पढाइ भनेको पहिले आफूले सिक्ने हो अनि त्यसलाई एप्लाई गर्ने हो । अन्य विद्यालयभन्दा हाम्रो विद्यालय भिन्न हुनुको पछाडि हामीले पढाएका नानीहरूले रियल लाइफको बारेमा जानकारी प्राप्त गरिसकेका हुन्छन् । हाम्रो विद्यालयमा पढेका नानीहरूले उत्कृष्ट नतिजा त ल्याउँछन् नै त्यो सँगसँगै उनीहरूले आफ्नो जीवनको बारेमा पनि राम्ररी सिक्ने अवसर प्राप्त गरिसकेका हुन्छन् ।
बच्चाहरू स्मार्ट हुनु पर्दछ भनेर हामीले स्मार्ट किड्समा जोड दियौं । अहिले आम विद्यालयले यसलाई पछ्याइरहेका छन् । घोकन्ते विद्यालयबाट बाहिर लग्यौं । त्यसपछि अभिभावकहरूले पनि के बुझ्नुभयो भने बच्चाहरूले पढेर नम्बर मात्रै ल्याएर उनीहरूको भविष्य सुरक्षित छैन भन्ने बुझ्न थाल्नुभयो । यो कुरा हामी व्यवहारतः बुझाउन पनि चाहन्थ्यौं ।

  • अहिले विद्यालयमा कतिजना विद्यार्थी अध्ययनरत छन् र पूर्वाधारको अवस्था कस्तो छ ?

eureka school

 हाम्रो विद्यालयमा अहिले एक हजार ६ सय विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । अहिले हामीले पूर्वाधारयुक्त पनि भएका छौं । हामीसँग आफ्नै जग्गा पनि छ । भाडामा पनि जग्गा र भवन लिएका छौं । जे होस् पर्याप्त मात्रामा भौतिक पूर्वाधारको व्यवस्था गरेका छौं ।

  • अहिलेको अवस्थामा कसरी ल्याउनुभयो ?

– आफूले पढाइ पूरा गरेपछि काम खोज्ने सिलसिलामा शुरुमा बोर्डिङ स्कुलमा पढाउन थालेँ । केही समय काम गरेपछि त्यति चित्त बुझ्दो भएन । त्यसबेला धरानमा बोर्डिङ स्कुलको मनोपोली जस्तै थियो । तर, त्यहाँ सिस्टम थिएन । जति फि लिए पनि हुने, जे गर्दा पनि हुन्छ भन्ने थियो । तर, हामी त्यसलाई चिर्दै नयाँ सिस्टम बसाउन चाहन्थ्यौं । अनि मलगायत हाम्रा साथीले नयाँ आँट ग¥यौं विद्यालय सञ्चालन गर्ने । नभन्दै हामी निर्णय लिने अवस्थामा पुग्यौं र काम गर्दै गरेको विद्यालय छाड्यौं । धेरै च्यालेञ्जहरू थिए । ती सबैलाई पार गर्दै यो अवस्थामा आइपुग्दा अहिले सम्झिन्छु । हामीले ठूलै रिस्क लिएका रहेछौं । धरानको परिस्थितिमा विद्यालयको सवालमा धेरै कुरा परिवर्तन गराएका छौं । जुन कुरा अहिले आएर सबैले मान्ने र एक खालको स्ट्याण्डर जस्तो बनेको छ । हामीले साँच्चै परिवर्तन गरेका छौं ।

  • के–के कुरामा कसरी परिवर्तन गराउनुभयोे ?

 हामीले विद्यालय सञ्चालन गर्नुभन्दा पहिला धरानका बोर्डिङ स्कुलमा नानीहरूलाई कापी किताबमा बाँधेर राखिएको अवस्था थियो । उनीहरूले त्यसमा पनि होमवर्कमा बढी जोड दिइन्थ्यो । हामीले त्यसलाई ब्रेक ग¥यौं । बच्चाहरू स्मार्ट हुनु पर्दछ भनेर हामीले स्मार्ट किड्समा जोड दियौं । अहिले आम विद्यालयले यसलाई पछ्याइरहेका छन् । घोकन्ते विद्यालयबाट बाहिर लग्यौं । त्यसपछि अभिभावकहरूले पनि के बुझ्नुभयो भने बच्चाहरूले पढेर नम्बर मात्रै ल्याएर उनीहरूको भविष्य सुरक्षित छैन भन्ने बुझ््न थाल्नुभयो । यो कुरा हामी व्यवहारतः बुझाउन पनि चाहन्थ्यौं । त्यसबाहेक कस्मेटिक्स चिजहरूमा पनि हामीले एक प्रकारको सिस्टम बसायौं । पुरस्कार पनि पहिला–पहिला कापीलाई ¥यापिङ गरेर दिइन्थ्यो । त्यसलाई हामीले मेडलमा परिवर्तन ग¥यौं । विद्यालयका कार्यक्रममा नानी तथा शिक्षिकाहरूले साडीलगाएर आफ्नो प्रस्तुति दिने वा सहभागी हुने काम पनि हामै्र अभियानबाट शुरु भएको हो । जसले गर्दा ती सहभागीहरूले सधैँभरि विद्यालयबाट साडी लगाउन थालेको भन्ने याद भइरहन्छ । यो कस्मेटिक्स कुरा हो । योबाहेक अभिभावकहरूले धेरै कुरा सिक्ने मौका पाउनुभयो ।

  • यहाँ पढेका नानीहरूले के के प्रगति गरेका छन् ?

eureka

अहिले पनि तपाईले हेर्ने हो भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै यहाँका पाँच जना विद्यार्थी डाक्टर हुनुहुन्छ । नर्स त करिब करिब ६० जनाभन्दा बढी हुनुहुन्छ । धरानमा कुनै पनि बैङ्क बस्यो भने त्यहाँ काम गर्ने जनशक्तिमा युरेका स्कुलको प्रतिनिधित्व भएको हुन्छ । प्रत्येक विद्यालयमा यहाँ पढेका विद्यार्थीले अध्यापन गराइरहेको पाइन्छ । यहाँका विद्यार्थीले विद्यालय सञ्चालन गरिरहेका हुन्छन् । मैले हाम्रा विद्यार्थीले जागिर खाए भनेर म धेरै खुशी भएको छैन । यो अर्थमा म खुशी छु कि यहाँ पढेका विद्यार्थी परिपक्व छन् । कुनै पनि संस्थाले उनीहरूलाई विश्वास गरेको छ । हामीले संस्कारयुक्त शिक्षामा जोड दिएका छौं । हाम्रा विद्यार्थी समाजमा स्थापित हुनुपर्छ । त्यो अहिलेसम्म पाइरहेका छौं । संस्कारयुक्त शिक्षा केही प्रतिशत विद्यालयले दिने हो । केही घरबाट प्राप्त हुने हो । केही समाजले दिने हो । यदि कोही डाक्टरले पेशामा गएको छ भने उसले धेरै पैसा खर्च गरेर उसले पढेको हुन्छ । पैसा चाहिन्छ । तर, उसले गरिब दुःखीलाई सहयोग ग¥यो कि गरेन भन्ने प्रमुख कुरा हो । उसले जागिर मात्रै खायो कि सामाजिक दायित्व निर्वाह ग¥यो भन्ने प्रमुख कुरा हो । मलाई लाग्छ, यहाँ पढेका नानीहरू जुनसुकै ओहदामा पुगे पनि मानव भएर गर्नुपर्ने सेवाको बारेमा चुकेका छैनन् ।

  • विद्यालयको भावी योजनाको बारेमा बताइ दिनुहोस् न ?

अहिले हामी नयाँ परिस्थितिमा पनि छौं । बोर्डिङ स्कुलले समाजलाई रूपान्तरण गरेको छ । बोर्डिङ स्कुल भनेको पैसा लिने मात्रै ठाउँ होइन भन्ने कुरा निरन्तर बुझाउनेछौं । हामीलाई २५ औं वर्षसम्म निरन्तर जसरी सहयोग गर्नुभयो । यहाँका अभिभावकले विश्वास गरेकै कारण यो विद्यालयको आजको अवस्था आएको हो । भोलिका दिनमा पनि यो विश्वासका वातावरण रहिरहोस् । हाम्रोतर्फबाट कुनै कमीकमजोरी हुन दिने छैनौं । जे उद्देश्य लिएर हामीले विद्यालय सञ्चालन गरिरहेका छौं । धेरै अभिभावकले हाम्रो बारेमा बुझ्नुभएको छ । यसमा हामी कत्ति पनि धर्मराउने छैनौं । हामीलाई विश्वास गरेर निरन्तर सहयोग गरिरहनुहुन्छ भन्ने अपेक्षा राख्दछु ।

  • अन्त्यमा, केही भन्नु छ कि ?

 सरकारले बोर्डिङ स्कुलको उमेर तोकिदिएको छ । यो विषयमा बोर्डिङ स्कुल सञ्चालक मात्र होइन आम अभिभावकले चासो दिनुपर्ने विषय हो । जबकी डाक्टर पनि बिरामीलाई बचाउने प्रयास गर्छ । तर सरकारले बोर्डिङ स्कुललाई उमेर हद तोक्ने काम गर्नु ठीक होइन । आजकै दिनमा नेपालमा बोर्डिङ स्कुल बिनाको समाज कल्पना गर्न सक्दैनौं । सरकारले सम्पूर्ण शिक्षाको जिम्मा लिन सक्दैन । यहाँ समाज र सरकारको हेराइ आ–आफ्नै छ । विद्यालयको स्तर पनि उकास्नु पर्छ । सरकारी विद्यालयको स्तरोन्नति गरियो भने बोर्डिङ स्कुललाई बन्द गराउनै पर्दैन । आफ्ना नानीहरूलाई पैसा तिरेर गुणस्तरीय शिक्षा प्रदान गर्न पाउने कि नपाउने ? नेपालको शिक्षालाई मजबुत बनाउने हो भने सरकारी स्कुलमा गुणस्तरीय हुनुपर्छ ।

eureka1 ureka

मिस पूर्वाञ्चलको प्र ...

धरान । पूर्वको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता नेपाल आई ...

चासोक तङ्नामको मैजार ...

धरान / लिम्बु समुदायले मनाउदै आएको परम्परागत मौलिक सांस ...

टिपरको ठक्करबाट मोटर ...

उदयपुर / उदयपुरको साउनेमा टिपरले मोटरसाईकललाई ठक्क ...

अब आर्थिक समृद्धिको ...

  नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपम ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved