एजेन्सी / मोडल तथा बेलायती टेलिभिजन रियालिटी शो ‘लभ आइल्याण्ड’ की २४ वर्षीया मेगन ब्राटन हानसनलाई एउटा कार्यक्रममा आफैंले लगाएको पहिरन सम्हाल्न मुस्किल परेको छ ।

बुधबार लण्डनमा आयोजित ‘एक्ट्रिमली विक्ड, सकिङ्गली एभिल एण्ड भाइल’ नामक ड्रामा सिरिजको प्रमियरमा बोल्ड अवतारमा देखा परेकी उनलाई पहिरन सम्हाल्न मुस्किल परेको थियो । प्लाष्टिक सर्जरी गरेर सुन्दरी बनेको भन्दै आलोचना समेत खेप्ने गरेकी उनले प्रिमियरमा पहिरन मिलाउने क्रममा आफ्नो वक्षस्थल दुई हातले छोपेपछि उपस्थित सबै चकित परेको बेलायतको मिडिया डेलीमेलले उल्लेख गरेको छ ।