पाँचथर/ इलाममा घुस रकम सहित दुई कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय इटहरीको टोलीले उनीहरुलाई घुस रकम सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय इलामका नायव सुब्बा बिनोद केसी र युवा स्वरोजगार कार्यक्रमका भानुभक्त आचार्य रहेको अख्तियारले जनाएको छ । उनीहरुलाई राहदानीको प्रतिलिपी निकाल्ने क्रममा एक व्यक्तिबाट लिएको ६ हजार रुपैंयाँ घुस सहित पक्राउ गरिएको हो ।

उनीहरुलाई अख्तियारको क्षत्रिय कार्यालय इटहरी पुर्याइएको छ । उनीहरुमाथि थप अनुसन्धान अघि बढाइएको अख्तियारको इटहरीस्थित क्षेत्रिय कार्यालयले जनाएको छ ।