विराटनगर/ कलर्स मोबाइलले प्राइड सिरिजको प्राइड वान ई सार्वजनिक गरेको छ । एक कार्यक्रमको बीच कलर्सको प्राइड वान ई सार्वजनिक भएको हो । 
 
उक्त मोबाइल फोनमा ५.५ इञ्च स्क्रिन, २.५ इञ्च कर्भ ग्लास, उच्च टिकाउयुक्त २५०० मेगाहर्ज ब्याट्री, दुईवटा सिम (थ्रिजी/फोरजी), ५ एमपी रिअर र फ्लास सहितको २ एमपी फ्रण्ट क्यामेरा रहेको छ ।
 
टेलिटक प्रा.लि.का सहायक प्रबन्धक प्रतीक जलानका अनुसार नेपालमा प्रारम्भिक बजेटको स्मार्टफोनका लागि ठूलो बजार रहेको बताए । त्यसमध्ये प्राइड वान ई एउटा उत्तम विकल्प भएको बताए ।