इटहरी/ गर्मी बढेसँगै चिसो पेय पदार्थप्रतिको मोह बढेर जान्छ ।
 
चिसो पेय पदार्थको लागि थुप्रै विकल्पहरू हुन्छन् तर, ती विकल्पमध्ये लस्सी भने मीठो हुनुका साथै अरुभन्दा स्वास्थ्यबद्र्धक पनि हुन्छ । इटहरीमा लस्सीमात्रै बेच्ने गरी लस्सीवाला पसल सुचारु गरिएको छ । 
 
पूर्वमै पहिलो पटक इटहरीमा लस्सीवाला शुरु गरिएको गोकियो हस्पिटालिटीका प्रबन्ध निर्देशक पृथ्वीराज पराजुलीले बताए । बनाना, म्याङ्गो, स्विट, मसलाजस्ता परिकारको लस्सी बिक्रीवितरण शुरु गरिएको पराजुलीले जनाए । लस्सी प्रतिगिलास ५० रुपैयाँमा बिक्रीवितरण गरिने पराजुलीले बताए ।