श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ वैशाख १२ गते बिहीबार, २५ अप्रिल २०१९ । वैशाख कृष्णपक्षको षष्ठी तिथि १४ः५४ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र पूर्वषाढा २२ः३८ बजेसम्म, उप्रान्त उत्तरषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ५ः३२ र सूर्यास्त ६ः३४ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धार्मिक सभा समारोहमा शरिक भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेट होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शरिर अश्वस्थ्य रहला । काममा ठुलै धन राशि खर्च हुनेछ । दिनको उत्तरार्धतिर शुभ समाचार सुन्न पाइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वस्त्र तथा आभुषण प्राप्त हुनेछ । मांगलिक कार्यक्रममा संलग्न भइएला । पारिवारिक जीवनमा खुसीयाली छाउला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । दिन राम्रै छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा–जमिन तथा भवन सम्बन्धी काममा विशेष लाभ मिल्ला । माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । आफ्नो भन्दा अरुको काममा बढी समय दिनुपर्ला । आर्थिक संकटको सामना गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कामको शुभारम्भ हुनेछ । धार्मिक तथा सामाजीक कार्यक्रममा संलग्न भइएला । रमाइलो वातावरणमा दिन वित्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीसित भेट होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चा“दी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । महिला मित्रको विशेष सहयोग प्राप्त भइरहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन–अध्यापनमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केहि समस्या आइपर्नसक्छ । अनावश्यक काममा फसिएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभुषण प्राप्त हुनेछ । माया प्रेमको सम्बन्ध विस्तार होला । शुभ कार्यको चर्चा चल्नेछ ।