धरान । आसरा सुधार केन्द्रलाई धरान–१४ का बिर्खबहादुर डङ्गोलले आर्थिक सहयोग गरेका छन् । आसरालाई डङ्गोलले मङ्गलबार १ लाख ११ हजार ५ सय १ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

आसारा हाल सञ्चालनमा छ । तर, भान्साघर, प्रहरीका लागि ब्यारेक भवनलगायत निर्माणको चरणमा छ । वडा कार्यालयमा एक कार्यक्रम गर्दै नगद सहयोग गरेका हुन् । वडाध्यक्ष कृष्ण भट्टराईको पहलमा नगद सहयोग प्राप्त भएको आसरा भवन निर्माण समितिका कोषाध्यक्ष शीला बज्राचार्यले बताइन् । बज्राचार्यलाई नगद बराबरको चेक हस्तान्तरण गरेका थिए । डङ्गोलले आफू र उनको पत्नी तारादेवी श्रेष्ठको नाममा आर्थिक सहयोग गरेको हो ।

धरानमा युवाहरू दुव्र्यसनीको शिकारमा परेर बिग्रिएकाले उनीहरूजस्ताको सुधार गर्न आसरा खोलेकाले पनि सहयोग गरेको बताए । कोषाध्यक्ष बज्राचार्यका अनुसार हाल निर्माण सम्पन्न भएको भवनको झण्डै २५ लाख रुपैयाँ ऋण नै तिर्न बाँकी रहेको छ । त्यस्तै भान्साघर, प्रहरीका लागि बस्न ब्यारेक निर्माणको काम बाँकी रहेको उनले बताइन् । ‘त्यो निर्माण गर्न झण्डै २५–३० लाख रुपैयाँ लाग्छ होला ।’ उनले भनिन् ।

उनले निम्न आर्थिक अवस्था भई दुव्र्यसनीमा फसेकाहरूलाई उपचार खर्चमा सहयोग पुग्ने उद्देश्यले ‘अक्षयकोष’ खडा गरिने तयारी भएको बताइन् । ‘अक्षयकोषका लागि आफैले पनि १ लाख रुपैयाँ कोषमा राख्ने विचार गरेकी छु ।’ उनले भनिन् । अक्षयकोषको ब्याजबाट गरिब तथा निम्न आर्थिक अवस्था भएकाहरूको उपचारमा सहयोग पु¥याउने लक्ष्य रहेको उनले बताइन् ।