सिरहा । प्रदेश २ का उद्योग पर्यटन, वन तथा बाताबरण राज्यमन्त्री सुरेश मण्डलले डोमको छोरीको विवाहको सम्पूर्ण खर्च तिरेका छन् ।

सिरहको कल्याणपुर नगरपालिका ३ प्रसाही गाउँका कुशे मल्लिक डुमकी छोरी राधा मल्लिकको विवाह आफ्नै खर्चमा राज्यमन्त्री मण्डलले गराइदिएका हुन् । घरपरिवारको आर्थिक अवस्था अत्यन्त दयनीय भएकाले राज्यमन्त्री मण्डल स्वयम अविभावक बनेर समेत जन्तीहरुलाई स्वागत गरेका छन् ।

मधेसमा अहिले पनि छुवाछूत कायमै रहेकाले यसलाई जरैदेखि उलेख्न आफुले यस्तो भूमिका निर्वाह गरेको उनले बताए । राज्यमन्त्री मण्डलले वैबाहिक कार्यमा सरिक भई वरबधुलाई आशिर्वाद समेत प्रदान गरेका छन् ।

dom