देउराली  । कोशी राजमार्ग अन्तरगत इटहरी उपमहानगरपालिका २० तरहराको जङ्गलमा यात्रुवाहक बस  दुर्घटना भएको छ ।

काँकडभिट्टाबाट धरान आउदैँ गरेको  को १ ख ४१ १८ नम्बरको बसले बिपरीत दिसाबाट अउदैगरेको कारलार्इ जोगाउन खोज्दा बस सडक किनाराको नालीमा खसेको  ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएका छन् । दुर्घटनामा मानविय क्षति नएको ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएका छन्  ।

बस सामान्य क्षति भएकोले यात्रुलार्इ अर्को गाडिमा चढार्इ गन्तव्य तर्फ लगीएको  ट्राफिक प्रहरी कार्यालय इटहरीले बताएको छ ।