फिल्म ‘वीरविक्रम–२’ को पोष्टर सार्वजनिक भएको छ । पोष्टरमा फिल्मका कलाकारहरू बुद्धि तामाङ, पल शाह, नाजिर हुेसेन र वर्षा सिवाकोटीले सहकर्मीका कान तानातान गरेको तस्बिर छ ।
 
चाम्स इम्टरटेन्मेन्ट र लण्डन सिने आईको संयुक्त ब्यानरमा निर्माण गरिएको फिल्ममा पल, वर्षा, नाजिर, बुद्धिसँगै  विनिसा भण्डारी, क्रिजन गौतमलगायतका कलाकारले अभिनय गरेका छन् । 
 
आउँदो जेठमा प्रदर्शनमा आउने बताइएको फिल्म  मिलन चाम्सले निर्देशन गरेका हुन् । प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद रहेको ‘वीरविक्रम–२’ मा रञ्जित गजमेर, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बूको सङ्गीत छ ।