देउराली । इनरुवा नगरपालिका ८ स्थित पूर्व पश्चिम राजमार्गमा पर्ने घोपाली टोलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम तर्फ गइरहेको ना ५ ख १२३७ नम्बरको ट्रकले बिपरीत दिशाबाट आउदैगरेको को ५ प ५०३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक रामधुनी नगरपालिका ३ बस्ने वर्ष २८ का उमेश चौधरीको घटना स्थलमै मृत्यु भएको छ ।

मोटरसाइकलको पछाडी सवार उदयपुर गाइघाट ८ बस्ने वर्ष २२ का संगम राई घाइते भएकाे प्रहरीले जनाएकाे छ ।  घाइते राईको उपचारका लागी विराटनगर नोबेल अस्पताल लगीएको जिल्ला प्रहरी कार्यालय इनरुवाले जनाएको छ ।

ट्रक र ट्रक चालक बारा निजगढ ८ बस्ने वर्ष ३३ का प्रकास प्रधानलाई जिल्ला प्रहरी कार्यलय इनरुवाले नियन्त्रणमा लिएकाे छ ।