पथरी । शनिबार बिहान पथरी १ मा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ बर्षिया रिना बस्नेतको नग्न अबस्थामा शव भेटिएपछि पथरीबासी  आन्दोलित भएका छन्।

रिना बस्नेतको मृत्यु हत्या भएको भन्दै आएका स्थानियबासी तथा व्यावसायीहरूले प्रहरी अनुसन्धानमा गम्भिर नबनेको आरोप लगाउदै  शनिबारदेखि अशान्त बनेको पथरीशनिश्चरेका स्थानिय आन्दोलित बनेका हुन् ।

आन्दोलित स्थानीयले  पूर्बपश्चिम राजमार्ग र पथरी बजार क्षेत्र ठप्प पारेका छन्, प्रहरीले आन्दोलित स्थानीयको भिडलाइ नियन्त्रणमा २ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ ।  प्रहरीले ज्यादती गरेको  भन्दै प्रहरी कार्यालय पथरीमा ढुंगामुढा गर्नुका साथै  नगरपालिकाको गेट फोडी भित्रै नाराबाजी गरेका छन । 

आन्दोलित स्थानीयबासीले नगरपालिकाबाट उपप्रमुख यमुना विष्टलाइ पनि सडकमा ल्याएका थिए ।  आन्दोलित स्थानीय प्रहरीले सुरक्षा प्रदान गर्न नसेकेको, दिनप्रति दिन हत्या र हिंसा बढेको भन्दै  संघर्ष समिति गठन गरेका थिए ।