धरान  / सुनसरीको इनरुवा नगरपालिका ७ स्थित चादबेलामा श्रीमतिले श्रीमानको हत्या गरेको घट्ना सार्वजनिक भएको छ । मुसहरी टोल बस्ने २६ वर्षका मुकेश ऋषिदेवको हत्या उनकै श्रीमती विमला ऋषिदेवले गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र प्रसाद फुयालले जानकारी दिए ।
घट्ना आइतबार रातीको भएको प्रहरीले जनाएको छ । सोमबार प्रहरीमा खवर आए पछि मृतलाई पोस्टमार्टमको लागि धरान ल्याइएको छ । आज उनको पोष्टमर्टम हुने प्रहरीले जनाएको छ । डिएसपी फुयालका अनुसार मृत मुकेशको टाउकाेमा चोट लागेको छ । घाटीमा कपडा बेरिएको अवस्थामा शव फेला परेकोले थियो । श्रीमानको हत्यापछि मृतका श्रीमती विमला ५ वर्षीया छोरी र ३ वर्षीय छोरा लिएर फरार भएको प्रहरीले जनाएको छ । स्थानीयले श्रीमतीले नै हत्या गरेको बताउदैं आएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।