धरान/मिस पूर्वाञ्चलका मोडल अङ्कित ‘डिभाइन वाइन २०७६ क्यालेण्डर’ सोमबार सार्वजनिक गरिएको छ ।

धरान–१४ स्थित हुक्पा चोङबाङ रिसोर्टमा मोडल, फेशन डिजाइनर, गायक, पत्रकार तथा व्यवसायीहरूले एकसाथ नयाँ वर्ष २०७६ को क्यालेण्डर सार्वजनिक गरे । मिस पूर्वाञ्चल २०१८ का विजेता तथा सहभागी मोडलहरूको तस्बिर अङ्कित क्यालेण्डर श्री महाकाली वाइन प्रालिले बजारमा ल्याएको हो । सिल्भर इन्टरटेनमेन्टले आयोजना गर्दै आएको मिस पूर्वाञ्चलमा सहभागी मोडलहरूलाई समेटेर हरेक वर्ष क्यालेण्डर प्रकाशित गर्दै आएको छ ।

क्यालेण्डरको प्रालिका बबिन अधिकारी, शाखा व्यवस्थापक सञ्जु शाक्य, फेशन डिजाइनर उत्तम बनेपाली, नायिका तथा मोडल मरिस्का पोखरेल, फेस अफ डिभाइन आकृति आचार्य, गायक तथा बराह इण्डष्ट्रिज प्रालिका अध्यक्ष शिव लामिछाने, ब्लाष्ट दैनिकका सम्पादक तथा प्रबन्ध निर्देशक किशोरकुमार कार्की, मदिरा व्यवसायी सङ्घ धरानका अध्यक्ष नवीन तामाङ, मिस पूर्वाञ्चल २०१८ की फस्ट रनरअप अनिला क्षेत्री, सेकेण्ड रनरअप तपस्या रणपहेलीले एकसाथ लोकापर्ण गरे ।

क्यालेण्डरमा मिस पूर्वाञ्चलकी विजेता पूजा श्रेष्ठ, फस्ट रनरअप अनिला क्षेत्री, सेकेण्ड रनरअप तपस्या रणपहेली, फेस अफ डिभाइन आकृति आचार्यको तस्बिर अङ्कित गरिएको छ । क्यालेण्डरमा वार्षिक बिदा तथा विभिन्न पर्वहरू पनि समेटिएको छ । क्यालेण्डर सार्वजनिक गर्ने क्रममा गरिमा डान्स सेन्टरको प्रस्तुतिसमेत रहेको थियो ।