धरान । कम्युनिष्ट पार्टी स्थापनाको ७० वर्ष पूरा भएको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया पूरा भएको छ ।

यसक्रममा पार्टी एकीकरण अन्तर्गत जिल्ला अध्यक्ष र सचिवको टुंगो लागेको छ । सोमबार नेकपा स्थापनाको अवसरमा काठमाडौंको कमलादीमा नाम घोषणा गरिएको छ । जसअन्तर्गत सुनसरीमा योगेन्द्र मण्डललाई अध्यक्ष चयन गरिएको छ । त्यस्तै सचिवमा रमेश बस्नेत चयन भएका छन् । मण्डल मातृका यादव समूहबाट आएका थिए भने बस्नेत एमालेका जिल्ला कार्यबाहक अध्यक्षका रुपमा रहेका थिए ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच ६०/४० का आधारमा जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको हो । एमाले अध्यक्ष भएको स्थानमा माओवादीबाट सचिव र माओवादीबाट अध्यक्ष भएको स्थानमा एमालेबाट सचिव पदमा राखिएको छ । सोही अनुसार नै भागबण्डा गरिएको हो । जिल्ला सचिव बस्नेतले पार्टीको नीतिअनुसार नै गरिएकाले आफूलाई पदलाई स्वीकार गरेको फोनसम्पर्कमा बताए ।

यसअघि सुनसरीमा मुकेशकुमार मेन्याङ्बो, रेवती भण्डारी, शिवकुमार डाँगी र रमेश बस्नेतको नाम अग्रपंक्तिमा थियो । ६०/४० अनुसार प्रदेश १ मा एमालेको भागमा ९ जिल्ला र माओवादीको भागमा ५ वटा जिल्ला परेको छ । एमालेबाट झापा, इलाम, पाँचथर, मोरङ, तेह्रथुम, धनकुटा, भोजपुर, सोलुखुम्बु र संखुवासभा परेको छ भने माओवादीबाट ताप्लेजुङ, सुनसरी, उदयपुर, ओखलढुंगा र खोटाङ भागमा परेको छ ।

हेर्नुहाेस् तालिकाः 

अनलाइन खवरबाट साभार

uml