भद्रपुर/ नेपाली काँङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले देशलाई अधिनायकबाद तर्फ लैजान धेरै शक्ति आफनो हातमा राखेको आरोप लगाएका छन् । झापाको क्षेत्र नम्बर ५ दमकमा काँङ्ग्रेसको भवन उद्घाटन लगायत विभिन्न कार्यक्रमको लागि सोमबार चन्द्रगढी विमानस्थलमा आएका सभापती देउवाले पत्रकार भेटघाट कार्यक्रममा यस्तो आरोप लगाएका हुन् ।

प्रधानमन्त्री केपी ओलीले प्रेसमाथि प्रतिबन्ध,राष्ट्रिय अनुसन्धान विभाग ,राजस्व विभाग ,सेना परिचालन जस्ता विभागलाई विस्तारै कब्जामा लिएर सवै एकलौटी बनाउन खोजेको उल्लेख गरे । प्रेस स्वतन्त्रता र प्रजातन्त्र एक अर्काका पर्यावाची भएपनि प्रधानमन्त्रीले नबुझेका प्रति आक्रोसित बनेका थिए ।

सुरक्षा परिषदका क्वाविनेटका मान्छेलाई त विश्वास नगरी सेना परिचालन आफै गर्ने भनेपछि आफना मान्छेलाई विश्वास नगर्नेले देशलाई कसरी विश्वास गर्छन् उनले भने । कर वृद्धि गरेर पञ्चायत कालमा पनि नभएको कर वर्तमान सरकारले लगाएको उनले वताए । अलिका आक्रमक ढङ्गमा प्रस्तुत भएका देउवाले पत्रकारले सोधेको प्रश्नमा खासै खुलेर बताउन चाहेनन ।

काँङ्ग्रेस प्रतिपक्षमा कमजोर देखियो नि भन्ने प्रश्नमा काँङ्ग्रेसले गरेन भन्ने अनि अहिले काँङ्ग्रेस चाहियो ? भोट अरुलाइ हालेर जिताउने अहिले कमजोरको कुरा गर्ने उनले प्रतिप्रश्न गरे । ललिता निवास सरकारी जग्गाको विषयमा सुवर्ण शम्शेरको श्रीमतीको नाम ललिता हो, यो अधिग्रहण गरेको जग्गा भएकोले जग्गा फिर्ता हुनु पर्दा उनिहरुकै सन्तानमा हुनुपर्ने उनको भनाइ थियो । उनका सन्तान अहिले पनि तवेला जस्तैमा वसिरहेको उनले बताए । जग्गाको विषयमा अलिक समय दिएर देउवाले बोलेका थिए ।