धरान/ गरिमा डान्स सेण्टर धरानले आयोजना गरेको दुईदिने साल्सा, वचाटा नृत्य कार्यशालामा सुनसरी, मोरङ र झापाका ३६ जनाले प्रशिक्षण लिएका छन् ।
 
प्रशिक्षक विनायक दाश श्रेष्ठले प्रशिक्षण दिएको कार्यशालामा नृत्यकार, नृत्य प्रशिक्षक, गृहिणी, विभिन्न विद्यालयका शिक्षक–शिक्षिका, व्यापारी, उद्यमीलगायत सहभागी थिए । कार्यशालाको समापनको अवसरमा शनिबार डान्स पार्टीसमेत आयोजना गरिएको थियो ।
 
पार्टीमा कार्यशालाका प्रशिक्षार्थी, उनीहरूका परिवार तथा अन्य स्थानबाट आएका डान्स पार्टीप्रेमीहरूलाई डिजेसमेत रहेका प्रशिक्षक श्रेष्ठले नचाएका थिए । यस्तो कार्यशाला प्रदेश नम्बर १ मै पहिलोपटक भएको गरिमाका प्रबन्ध निर्देशक तथा नृत्य निर्देशक मणिकुमार लिम्बूले बताए ।