काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख १६ गतेदेखि दुवै सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम यही वैशाख १६ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मलेन केन्द्र नयाँ बानेश्वरमा दुवै सङ्घीय सदनको अधिवेशन आह्वान गरिएको सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले विज्ञप्ति जारी गरी जानकारी दिए। यसअघि गत चैत १० गते हिउँदे अधिवेशन सम्पन्न भएको थियो ।