सातौं जुनियर ब्याटल–२०१९ को उपाधि अनु भण्डारीले जितेकी छन् ।
 
मिडिया ल्याण्डले शुक्रबार काठमाडौंको नाचघरमा आयोजना गरेको प्रतियोगितामा अनुले उपाधिसँगै एक लाख रुपैयाँ, क्राउन र विभिन्न उपहार प्राप्त गरिन् । उनले विदेशमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । 
 
सो प्रतियोगितामा जुनियरतर्फ फस्ट रनर अपको उपाधि श्रेया थापा र सेकेण्ड रनर अपको उपाधि कुशल लामाले जिते । यस्तै सिनियरतर्फ फस्ट रनर अपको उपाधि आजन्म सापकोटाले र सेकेण्ड रनर अपको उपाधि आश्मा थापाले जिते ।
 
कार्यक्रमको निर्णायकमा गोपाल झा, सीता पाठक, निर्णय श्रेष्ठ, लसता जोशी, सङ्गीता श्रेष्ठ, उत्तम बनेपाली, महेश महर्जन, सुबेक्षा खड्का, धर्मेन्द्र सेवान, रोहित जोन क्षेत्री थिए ।