यो भाइरसजनित पंक्षीहरुको रोग हो जनु मुख्यतः जङ्गली पंक्षीहरुमा स्वभाविक रुपमा पाइन्छ । बर्ड फ्लु कुखुराको कडा खाले संक्रामक रोग मानिन्छ । संक्रमित पंक्षीको सम्पर्कमा आउनाले यसको संक्रमण मानिसमा फैलिन्छ । यो अत्यन्तै संक्राम भाइरस रोग हो । जसको कारण कुखुरा पालन व्यवसायलाई ठूलो क्षति व्यहोर्नु पर्ने हुन्छ । मानिसमा खास गरी बच्चा बुढाहरु रोगी पंक्षीको विष्टा, प्वाँख, ¥याल, सिँगानको सम्पर्कमा आए यिनमा रोग फैलन सक्छ । मानिसमा बर्ड फ्लुको लक्षण साधारण फ्लुसँग मिल्दो जुल्दो हुन्छ । जस्तो कि सास फेर्न गाह्रो हुने, तीव्र ज्वरो, रुघाखोकी, नाक बग्ने यस्तो सिकायत भए नजिकको स्वास्थ्य संस्थामा यसको सूचना दिनुपर्छ । सामान्यत बर्ड फ्लु भाइरस ७० डिग्री सेल्सियसमा नष्ट हुन्छ । कुनै ठाउँमा बर्ड फ्लु भएको पुष्टी भएमा अण्डा र कुखुराको मासु ७० डि.से. माथि पकाएर खादा कुनै जोखिम हुन्न ।
यसबाट डराउने हैन सावधान हुनुस्ः
रोगी कुराको सिधा सम्पर्कमा नआउनुस पंजा तथा सुरक्षा साधन प्रयाृग गर्नुपर्छ । रोग पंक्षिको प्वांअ श्लेपमा र बिष्टा नहुनुस छोइएमा सावुनपानीले तुरुन्त सफा गर्नुपर्दछ । कुखुरालाई खोरमा राखेर पालनु पर्छ संक्रमीत कुखुरालाई मारेर निसंक्रमीत हुने गरी सुरक्षित किसीमले गाडेर तह लगाउनु पर्छ । बिरामी तमरेका पंक्षिबाट नजिकको पशुचिकत्सालयमा तुरुन्त खबर गर्नुस् । यस्तो गर्नु जनस्वास्थ्यको लागि आवश्यक छ ।
कुखुरालाई संक्रामक रोगहरुबाट बचाउने महत्वपूर्ण उपाय
पंक्षिहरुलाई रानीखेत गवारो र बर्डफ्लु जस्ता धेरै रोगहरु लाग्न सक्छ । यी रोगहरु एक पंक्षिबाट अर्कोमा दुवित दाना पानीबाट अथवा प्रभवित पंक्षिको मलमुत्र प्वाख आदिको माध्यमबाट पुरा बथानलाई तेजीले प्रभावित गर्न सक्छ । कुखुरा पालनसँग जोडीनु भएको नाताले तपाई राम्रो सँग जान्नु हुन्छ कि आफ्नो पंक्षिहरुलाई यी रोगहरुबाट बचाउनु कति महत्वपूर्ण हुन्छ ।

कुखुरा फार्म सुरक्षित राख्ने:
आफ्नो कुखुरा खोरमा राखेर फाल्ने मात्र आफ्नो फार्ममा काम गर्ने कामदारलाई मात्र कुखुरा नजिक जान दिने । अनावश्यक मानिसलाई कुखुरामा पस्न नदिने आफ्नो कुखुरालाई अन्य पंक्षि, पशु, जंगली जनावरको सम्पर्कमा आउन नदिने भिन्न भिन्न प्रजातिका चरा एक ठाउँमा नराख्ने ।
सरसफाई राख्ने:
पंक्षिको खोर त्यसको वरीपरीको सर–सफाइ आवश्यक हुन्छ । यसरी जीवाणु र विषाणुहरुबाट बच्न सकिन्छ । पंक्षिको खोरलाई सफा सुग्घर राख्नुस, आफ्नो कुखुरा फार्म खोरलाई नियमित रुपले चुना अथवा किटनाशक औषधि छरेर संक्रमण मुक्त गरीर राख्नु पर्छ ।
आहार र पेय जल व्यवस्था:
पंक्षिहरुलाई स्वच्छ एवं शितल पेय जल तथा सन्तुलित ताजा दाना दिने, पंक्षिको दाना तथा पेय जल रोजान्य बदलिने साथै दाना पानीको भाडा नियमीत सर–सफाइ गरी राख्ने ।
आफ्नो कुखुरा फार्ममा रोगहरु प्रवेश गर्न रोक्ने:
आफै तथा बजार वा अन्य कुखुरा फार्ममा अन्य पंक्षि फार्मको सम्पर्कमा आउने हरेक चीज सफा राख्नुस नयाँ चरालाई कम से कम ३० दिन रोक्न र बचाउनका लागि कुखुराको सम्पर्कमा आउन पहिले र पछि आफ्नो हाथ लुगा, जुत्ता धुने र संक्रमण मुक्त राख्ने ।
बिरामी कुखुरा न किन्नुस:
यदि अन्य कुखुरा फार्मबाट उपकरण या पंक्षि ल्याउनु हुन्छ भने आफ्नो स्वस्थ्य कुखुराको सम्पर्कमा आउनु भन्दा पहिले राम्रो सीत सफाइ गर्ने र संक्रमण मुक्त गर्ने, अनावश्यक मानिस वा अरु फार्ममा काम गर्ने कामदार तथा वाहनहरुलाई आफ्नो फार्ममा प्रवेश गर्न सकिने ।
रोगको लक्षण पहिचान गर्ने:
आफ्नो कुखुरा निगरानी राख्नुस यदि कुखुराको आँखा, घाटी वरिपरि सुन्नीएको भएर आँखा नाकबाट पानी चुहिएको छ कि, सिउर लोती खुट्टा निलो भइ राखेको छ कि, अचानक कमजोरी प्वाख खस्ने बढेका तथा पंक्षिको व्यवहारमा कमी आएको, दाना कम खाने फूल कम पार्ने र असाामन्य भन्दा मर्न थालेको छ कि बेलैमा अवलोकन गर्नुस यो तपाईको परिवारको स्वास्थ्यको लागि नोक्सानदेह हुन सक्छ ।
पंक्षि बिरामी भएको सुचना:
आफ्नो पंक्षिको प्रत्येका बिरामी र मरेको सुचना तत्कालै नजिकको भेटेरीनरी संस्था सरकारीमा गर्नुपर्छ ।

(वरिष्ठ पशु चिकित्सकण)