भनिन्छ, परिवार मानिसको पहिलो पाठशाला हो । बालबालिकाको सही विकासका लागि घरपरिवारमा उचित वातावरण हुनु पर्दछ । बालबालिकाको सार्थक सिकाइ र विकासका लागि घरको वातावरण महत्वपूर्ण हुनुपर्नेमा अभिभावकहरूले विशेष ध्यान दिनु पर्दछ । यदि आमा–बाबुले जस्तो सुकै आचरण गरे पनि आÏनो बच्चालाई संस्कारी बनाउन सकिन्छ भन्ने सोच्छन् भने त्यो ठूलो भूल हो । घरमा बिग्रेको बच्चालाई सुधार केन्द्रले त के भगवान्ले पनि सुधार्न सक्दैनन् । आमा–बुबा र घर दुईवटै बच्चालाई सही दिशामा लगाउने सबैभन्दा शक्तिशाली माध्यम हुन् ।
बच्चा पलपलमा बढ्ने सम्पूर्ण मनुष्य हो । उसको शरीर सानो हुन्छ तर आत्मा ठूलो हुन्छ । उसमा बुद्धि हुन्छ, भावना हुन्छ, आÏनो बुझाइ हुन्छ । बच्चामा भाव र अभाव हुन्छ, रुची र अरुची हुन्छ । उसको दृष्टिमा हर समय प्रश्नै प्रश्न हुन्छ । उसको हृदय केही बालिरहेको हुन्छ । जुन बोलिमा पूर्ण विराम त के अल्पविरामसमेत कतै हुँदैन । किनकी बच्चाको अर्थ नै हो– निरन्तर गति । घाम किन झुल्केको ? माम किन खाको ? नुहाउनु किन पर्छ ? तपाई ठूलो म किन सानो ? जुन किन राति लाग्छ ? उज्यालो किन हुन्छ ? हावा कस्तो हुन्छ देखाउनु त ? घाम किन हिँडेको ? तारा किन टल्केको ? पानी किन बगेको ? बच्चा को मनमा यी र यस्तै अनेक जिज्ञासाहरू हुन्छन् । हामीले बच्चाका यस्ता जिज्ञासाहरूको सही समाधान गर्ने कोशिस गर्नु पर्दछ । उसका इच्छाहरूलाई चिन्नु पर्दछ, उसका भावनाहरूलाई सम्झनु पर्दछ । आÏनो अहङ्कार र अभिमानको कारण हामीले बच्चालाई तिरस्कार र अपमान गर्नु हुँदैन । आÏना गलत रीति र नीतिबाट बच्चाको शुद्ध आत्मालाई प्रदूषित गर्नु हुँदैन । हाम्रो थोरै गल्तीका कारण बच्चाको आँखामा भएको अमृतलाई विषमा नबदलौैँ । बच्चाको बोलीमा भएको मिठासलाई टर्रोपनमा नबदलौँ । बच्चाको शान्त मनलाई अशान्त नबनाऔैँ । बच्चाको मनमा भएको आदरलाई अनादरमा नबदलौँ ।

बच्चाको चौतर्फी विकासका लागि उसलाई पूर्ण स्वतन्त्रता प्रदान गर्नु राम्रो हुन्छ । बच्चालाई आफैंले खानु छ, तपाईं उसलाई नखुवाउनुहोस् । बच्चालाई आफैं नुहाउनु छ, तपाईं उसलाई पानी नखन्याइदिनुहोस् । बच्चालाई आफैं हिँड्नु छ, तपाईं उसको हात नसमातिदिनुहोस् । बच्चालाई आफैं गाउनु छ, तपाईं लय नथप्नु होस् । बच्चालाई आफैं खेल्नु छ, तपाईं उसको बीचमा नआउनुहोस् । किनकी बच्चा स्वावलम्बी बन्न चाहन्छ यो कुरा हामीले बुझौँ । उसलाई आÏनो काम आफैं गर्ने सोख हुन्छ । उसको चाहनाबमोजिम उसलाई फूल सजाउन दिनुहोस् । बिरुवामा पानी लगाउन दिनुहोस् । भाडामा पानी भर्न दिनुहोस्, सानो कपडा धुन दिनुहोस्, उसलाई कचौरा मस्काउन दिनुहोस्, उसलाई केराउ–सिमीको दाना निकाल्न दिनुहोस्, उसलाई खानेकुरा पस्किन दिनुहोस्, बच्चालाई मन लागेको सारा काम आफैं गर्न दिनुहोस् । उसको मर्जिले गर्न दिनुहोस्, उसलाई आÏनो ढङ्गले गर्न दिनुहोस् । बच्चालाई गाली गर्र्नेे, लोभ देखाउने, तर्साउने र डर देखाउने बानी कहिल्यै नगर्नुहोस् । पढ्न बस्, नत्र पिट्छु, चुपलाग नत्र पुलिस बोलाइदिन्छु, यति खा नत्र बौलाहा आउँछ, छिटो सुत नत्र भूत आउँछ । यी र यस्ता टिप्पणीले बच्चामा नकारात्मक भावनाको विकास हुन्छ । पिटाइले बच्चामा उग्र भावना बढ्दछ भने लोभ देखाउँदा बच्चा लालची बन्दछ । डर र लोभका कारण बच्चा निर्लज्ज, थेत्तरो र जिद्धि बन्दछ ।

बच्चा प्रकृतिको सुन्दर उपहार हो । प्रकृतिको उपहारलाई प्रकृतिबाट कहिल्यै पनि टाढा नराख्नु होस् । किनकी उसले प्रकृतिको विविधता थाहा पाउनु अत्यन्त जरुरी छ । उसले आÏनो देशको माटो चिन्नु छ र त्यसमा आÏनो भविष्य लेख्नु छ । दूध केले दिन्छ ? – गाडीले । चामल कहाँबाट आउँछ ? – गोपाल साहुको दोकानबाट । पानी कहाँ उम्रिन्छ ? – बाथरुमको धारामा । सब्जी कहाँ फल्छ ? – राम अङ्कलको ठेलामा । आदि जस्ता उत्तर दिने बच्चाहरू अहिलेको आधुनिक समाजमा धेरै छन् । त्यसैले सही ज्ञान दिनका लागि बच्चालाई प्रकृतिमा नै रमाउन दिनु पर्दछ । झलमल्ल चन्द्रमा, कलकल बग्ने नदी–झरना, सेतो –सुन्दर हिमाल, खरको छानाको घर । खेतबारीको माटो, हलो, हँसिया, कुटो–कोदालो, खुर्पा, चराको चिरबिर, पहाडको ढुङ्गा, आकाशको रङ्ग र खुल्ला हावा आदि प्रकृतिका यस्ता उपहार हुन, जसलाई बच्चाले राम्ररी चिन्ने मौका पाउनु पर्दछ, र मनलागुञ्जेल यिनीहरूको आनन्द लिन पाउनु पर्दछ किनकी यही प्रकृतिमा उसले आÏनो भविष्य खोज्नु छ ।

बच्चालाई सकेसम्म धेरै समय दिनुहोस् । चोकमा चिया गफ गर्नुको सट्टा बच्चालाई बगैँचामा डुलाउनुहोस्, पिकनिक गएर समय र पैसा बर्बाद गर्नुको सट्टा बच्चालाई चिडियाखाना घुमाउन लानुहोस् । टिभी, सिरियलमा अल्मलिनुको सट्टा बच्चाको कुरा सुन्नुहोस्, राति सुत्ने बेलामा बच्चालाई असल कहानी सुनाउनु होस्, जसको कारण बच्चामा सकारात्मक भावनाको विकास हुँदै जाओस् । जसको घरमा बच्चाहरू हुन्छन्, त्यो घर दुँनियाको सबैभन्दा सम्पन्न घर हो । बच्चा भावना हो, जीवनको फूलमा बास्नाको अनुभव हो । बच्चा शान्त समुद्र र मीठो झरना हो । बच्चा गीतको गुञ्जन हो, मीठो लोरी हो । बच्चा गालाको पप्पी हो, कोइलीको मधुरो बोली हो । बच्चा परमात्माको वरदान हो , जीवनको घरमा आत्माको महल हो, बच्चा अभिभावकको सपना हो, आÏनो संस्कारको प्रतिमूर्ति हो, बच्चा आुशासन हो, जीवन दिने औषधिको प्याला हो । बच्चाको जीवनको कुनै पर्याय हुँदैन, यो भगवान्को अपूर्व वरदान हो ।
त्यसैले यदि बच्चालाई हामीले घरमा उचित स्थान दिन सक्यौँ भने हाम्रो पृथ्वीमा नै स्वर्गको सृष्टि हुन सक्दछ । किनकीः
स्वर्ग बच्चाको सुखमा छ ।
स्वर्ग बच्चाको गीत र गुनगुनाहटमा छ ।
स्वर्ग बच्चाको स्वास्थ्यमा छ ।
स्वर्ग बच्चाको प्रसन्नतामा छ ।
स्वर्ग बच्चाको निर्दोष मस्तिष्कमा छ ।
समग्रमा स्वर्ग बच्चाको खुशीमा छ ।