धरान । बलिउड अभिनेत्री करिना कपुरले एउटा रियालिटी शोको लागि एक सिजनको ८० करोड भारु पारिश्रमिक लिने समाचार बाहिरिएको छ ।
दोस्रो दुलहीका रूपमा अभिनेता शैफ अली खानसँग बिहे गरेपछि सन्तानकी आमा पनि बनिसकेकी करिना यो बीचमा लामो समय फिल्ममा देखिएकी थिइनन् ।

तर भारतीय टिभी शो ‘डान्स इण्डिया डान्स’ (डिआईडी) मा उनलाई निर्माताहरूले हालै मात्र निर्णायकका रूपमा अनुबन्ध गरेका छन् । जम्मा तीन महिना समयावधि रहेको यो शोमा उनको भूमिका र प्रस्तुति कस्तो हुनेछ, त्यो चाहिँ प्रतीक्षाकै विषय बनेको छ ।