धरान । मोरङको मधुमल्लाका ब्लाष्ट संवाददाता केशव खड्कामाथि समाचारका विषयमा गरिएको गालीगलौजप्रति सञ्चार क्लब नेपाल उर्लाबारीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपालले पत्रकार खड्कामाथि गालीगलौज तथा विभिन्न सूत्रमार्फत् मानसिक तनाव दिनेहरूलाई कारबाहीको दायरामा ल्याउन जोडदार माग गरेको छ । पत्रकार खड्काले प्रहरीलाई जानकारी गराइसके पनि हालसम्म सुनुवाइ नगरेकोप्रति पनि आपत्ति जनाएको छ । पत्रकारलाई भयरहित वातावरणमा समाचार सङ्कलन गर्ने वातावरण तयार पार्न उसले आग्रह गरेको छ ।

महासचिव किशोर श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकार खड्कामाथि गालीगलौजमा संलग्नलाई कडाभन्दा कडा कारबाहीको माग गरेको छ । पत्रकार खड्काले मिक्लाजुङ नगरपालिकाले गरेको अनुगमनका विषयमा समाचार लेखेका थिए । सोही समाचारप्रति केही अराजक युवाको समूहले

गालीगलौज तथा विभिन्न अश्लिल प्रकृतिका भद्दा मजाक गरिएको थियो । यसप्रति ब्लाष्ट टाइम्स दैनिकले सम्बन्धित क्षेत्रका इन्स्पेक्टर रामप्रसाद तिम्सिनालाई जानकारी गराए पनि हालसम्म पक्राउ गरेका छैनन् ।

उनले ब्लाष्टका कार्यकारी सम्पादक भोजराज श्रेष्ठसँग तत्काल पक्राउ गरी कारबाही गरिने दाबी गरे पनि हालसम्म पक्राउ गर्न सकेका छैनन् । पत्रकार खड्काका अनुसार अहिले पनि ती युवाहरू खुलेआम हिँडिरहेका छन् । उनले उक्त समूहलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरे ।