जनकपुरधाम /राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आन्दोलनको घोषणा गरेको छ । राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले विज्ञप्ती जारी गरेर आन्दोलनको घोषणा गरेका हुन ।

संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सावंजनिक गर्नुपर्नेलगायतका ८ बुँदे एजेण्डा बोकेर राजपा आन्दोलनको घोषणा गरेको छ । पहिलो चरणमा सबै जिल्लामा यही चैत्र २९ गतेय प्रदर्शन र कोणसभा गर्न लागेको  छ ।

वर्तमान संघीय सरकारबाट समर्थन फिर्ता लिएकै दिन राजपाले आन्दोलनको घोषणा गर्ने तयारी गरेका थिए । संविधान संशोधन गर्न नचाहेको भन्दै ओली सरकारबाट राजपा असन्तुष्ट बनेकै बेला साँसद रेशम चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएपछि सरकारबाट समर्थन फिर्ता लिएर आन्दोलनमा जाने बताएको थियो ।