सिरहा । प्रदेश २ अन्तर्गतका सिरहा र महोत्तरी जिल्लामा शनिवार भएको आगलागीबाट लाखै मूल्य बरावरको धनमाल जलि नष्ट भएको छ । सिरहाको लक्ष्मिपुरपतार गाउँपालिका वडा नम्बर १ पिप्रा वस्ने शत्रुधन झाको फुसको घरमा अचानक आगलगी हुँदा घर र घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडावर्तन तथा फर्निचरका समानहरु पूर्णरुपमा करिव ४ लाख ४० हजार ५ सय बरावरको क्षति भएको छ ।  सोही आगोबाट निजको छिमेकी शिबनारायण ठाकुरको परालको टौवामा आगो सल्कि उक्त टौवासमेत पूर्ण रुपले जलि नष्ट हुँदा करिव १५ हजार बरावरको क्षति भएको इलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहाले जानकारी दिएकाे छ । 

त्यसै गरी सिरहा धनगढीमाई नगरपालिका वडा नम्बर १३ वस्ने ईन्द्रदेव यादबको खरले छाएको १ तले घर र गोठमा अचानक आगलागी हुँदा घर र गोठ भित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन तथा फर्निचरका समानहरु पूर्णरुपमा करिव २ लाख बरावरको जलि नष्ट भएको ईलाका प्रहरी कार्यालय बिष्णुपरकट्टी सिरहाले जनाएको छ ।

त्यसै गरि, महोत्तरी जिल्ला को जलेश्वर नगरपालिका वडा नम्बर २ महेन्द्रचौक नजिक सुरेन्द्र साहले संचालन गरेको पशुपति छापाखानामा अचानक बिधुत सर्ट भई आगलागी हुँदा छापाखानामा रहेको फ्लेक्स प्रिन्टको मेसिन, छापाखानाको सानोरठुलो मेसिन, कागजपत्र र अन्य स्टेशनरीको करिब ३० लाख बरावरको सामान जलि पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सवै ठाउँमा भएको आगलागी सम्बन्धित प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले स्थानियको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय, प्रदेश न.२ का प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दानबहादुर थापा बताए ।