विराटनगर /  मोरङको बेलबारी– ४ की २६ वर्षीय रमिला राईको हत्या आरोपमा पक्राउ परेका तत्कालिन एमालेका नगर अध्यक्ष योगेन्द्र गुरुङको अनुसन्धान पुरा गरि प्रहरीले सरकारी वकिलको कार्यालयमा मिसिल बुझाएको छ ।
इलका प्रहरी कार्यालय बेलबारीले मोरङ प्रहरीको हिरासतमा रहेका गुरुङसँग अनुसन्धान पूरा गरेपछि जिल्ला सरकारी वकिलको कार्यालय मोरङमा मिसिल मंगलबार बुझाएको हो ।
प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत बिहीबार गुरुङलाई कर्तब्य ज्यान मुद्दामा मुद्दा दर्ता गर्ने भएको सरकारी वकिलको कार्यालयले जनाएको छ । प्रहरीले २३ दिनसम्म अनुसन्धान गरि सरकारी वकिलको कार्यालयमा मिसल बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
प्रहरीले अनुसन्धान पुरा गरेपछि मिसिल आएको जिल्ला सरकारकी वकिलको कार्यालय विराटनगरका जिल्ला न्यायधिवक्ता मनोजकुमार आचार्यले जनाकारी दिए । ‘प्रहरीले अनुसन्धान गरि मिसिल आइपुगेको छ,’ उनले भने, ‘मिसल हेरि माग दावीसहित बिहीबार अदालतमा मुद्दा दायर गर्नेछौ ।’ गुरुङलाई सरकारी वकिलको कार्यालयले कर्तब्य ज्यान मुद्दामा अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । मुद्दा दयारपछि गुरुङको अदालतमा बयान हुने छ । मुद्दा दर्ता भए पछि अदालतले गोलाप्रथाबाट न्यायधीश छनौट गर्दछ । जो न्यायधीश छनौटमा पर्दछन् उनीबाटै आदलतमा बयान हुनेछ । बयानसकिए पछि थुनछेक बहस हुनेछ । थुनछेक बहसबाट आदेश जारी हुन्छ ।

इज्जत जाने भयले रमिलाको हत्या
गुरुङले फागुन १७ गते आफनै घरमा रमिलाको हत्या गरेका थिए । समाजमा प्रतिष्ठित गनिएका गुरुङलाई प्रेमिका राईले बिबाह गर्न दबाव दिएपछि हत्या गरेको प्रहरीको अनुसन्धाबाट खुलेको छ । ‘गुरुङ बेलबारीमा नोबेल अस्पताल चलाउने र स्थानीय नेता भएकाले समाजमा इजतिला’ ठानिन्थे,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘सामाजिक कार्यमा लागि परेका, परिवार भएको मान्छे । रमिलाले विवाह गर्न दबाव दिदै होहल्ला गर्न खोजेपछि हत्या गरेको प्राराम्भिक अनुसन्धानबाट देखिन्छ ।’

नशामा रहेका योगेन्द्रले मुख बन्द गरि हत्या
नशामा रहेका योगन्द्रले घरको भित्तामा ढकलेर निधारमा चोट लागेपछि मुख बन्द गरि रमिलाको हत्या गरेका थिए ।

प्रेमीका हराएको भनेर योगेन्द्रले नै प्रहरीमा उजुरी दिए
गुरुङले रमिलाको हत्या गरि बोरामा शव हालेर कोशी ब्यारेजबाट सप्तकोशीमा फालेका थिए । शव कोशीमा फालेपछि गुरुङले आफ्नो प्रेमीका हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीको अनुसन्धानबाट गुरुङले रमिलाको कर्तब्य गरेको देखिएपछि फागुन २४ गते फरार भए । २६ फागुनमा उनलाई प्रहरीले इलामबाट पक्राउ गरेको थियो । प्रहरीलाई उनले दिएको बयानको क्रममा शव सप्तकोशीमा फालेको बताएपछि खोज्ने क्रमममा २६ दिनपछि गत बुधबार शव फेला परेको थियो ।