धरान / गोपाल किरातीको नेतृत्वका नेकपा (माओवादी केन्द्र)ले बिप्लव माओवादीलाई राजनीतिक व्यवहार गरी सो पार्टी माथि लगाएको प्रतिबन्ध खारेज गरी वार्ता र सम्वादबाट समाधान गर्न सुझाएको छ । यता सके राउतसँग सरकारले गरेको सम्झौतालाई भने देशलाई बिखण्डन तर्फ लान सहयोग गरेकोले सो सम्झौता खारेजीको माग गरेको छ । आज पार्र्टी प्रदेश नं १ कमिटीको धरानमा सरकार नसच्चिए आन्दोलनमा जाने चेतावनी दिएको छ ।
बैठक पछि पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष तथा संविधान सभाका सदस्य तिलक थापा मगरले जनविद्रोहबाट बैज्ञानिक समाज स्थापनाका लागि पार्टीले सरकार बाहिर रहेर संघर्ष गर्ने नीति लिएको बताए । पार्टीले कसैसँग चन्दा नउठाउने बताउदैं पार्टीले उत्पादन विभाग बनाएर र कार्यकर्ताहरु आफै उत्पादनमा सरिक हुने र त्यहीबाट पार्टी संचालन गर्ने नीति लिएको उनको भनाई छ ।
बैठकका निर्णयहरु सार्वजनिक गर्दै पार्टीका प्रदेश नं १ का अध्यक्ष बिमल निरौलाले राष्ट्रिय स्वाधिनता र आत्मनिर्भरताका साथ मुलुकलाई अघि बढाउन पनि नसकेको भन्दै सरकारको आलोचना गरे ।
एमाले र माओवदी पार्टी एकता पछि असन्तुष्ट कार्यकर्ताहरु समेटेर गोपाल किरातीले माओवादी केन्द्रलाई निरन्तराता दिएका छन् । आज पत्रकार सम्मेलन गरि फागुन १, २ र ३ गत काठमाडौंमा सम्पन्न महाधिबेशनका निर्णयहरु समेत सार्वजनिक गरेको छ ।
पार्टीले राट्रियता, जनतन्त्र र जनजीविकाको ग्यारेन्टीका लागी संर्घषका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ । अग्रगमन पक्षधार क्रान्तिकारी शक्तिहरुलाई सहकार्य र एकताका लागी अपिल पनि गरेको छ ।
प्रदेश बैठकले १ नं प्रदेशका बिभिन्न भूगोलमा रहेका पार्टी नेतृत्वहरुलाई समेत बिभिन्न स्थानमा जिम्मेवारी समेत दिएको जनाएको छ । झापाको समन्वयकर्तामा पोलिटव्युरो सदस्य डम्बर सुब्बा र ईन्चार्जमा दिपेन गोम्देन, मोरङमा समन्वयकर्तामा सुरेन्द्र कटुवाल, प्रकाश राई ईन्चार्जमा केशव अधिकारी, सुनसरीको समन्वयकर्तामा लिला खड्का –मिलन) इन्चार्जमा लक्ष्मण कार्की र संयोजकमा जुडीलाल मोचीलाई दिइएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
त्यस्तै धनकुटा इन्चार्जमा गंगाराम गोम्देन, भोजपुरमा इन्चार्जमा किरण बान्तावा, इलाममा अमर लिम्बु पाँचथरमा लिला लिम्बु, खोटाङमा धनबहादुर लिम्बु, ताप्लेजुङमा अप्सरा बाँनिया निरौला, संखुवासभामा कंचन दाहाल रहेका छन । उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, तेह्रथुममा भने प्रदेश कार्यायले नै समन्वय गर्नेछ ।

 

https://youtu.be/CHkvpI31G7A