भद्रपुर / १४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना बृद्ध पक्राउ परेका छन् । झापा हल्दीबारी गाउँपालिकाकी १४ बर्षीया बालिकालाई २ नं. वडाका ६५ वर्षीय राजेन्द्र अधिकारीले जबरजस्ती बलात्कार गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बलात्कार गर्ने अधिकारीलाई आइतबार राती साढे नौ बजे हल्दीबारी प्रहरी टोलीले पक्राउ गरेको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जनाए । पक्राउ परेका अधिकारीमाथि मुद्दा दर्ता गराई पीडित बालिकाका परिवारलाई थप अनुसंन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको उनले बताए ।
बलात्कारको घटना मिलाउन वडासदस्यसहित स्थानीय केहीले आर्थिक चलखेल गरेको स्रोतले जनाएको छ । पीडित परिवारलाई दवावसहितको आर्थिक चलखेलमा पारी घटना मिलाउन खोजिएको स्थानीयले थाहा पाएपछि घटना बाहिर आएको हो । पीडक अधिकारीबाट मोटो रकम लिएको र पीडितलाई केही रकम दिएर घटना मिलाउन खोजेको जनाइएको छ ।