विर्तामाेड / ब्लाष्ट टाइम्स दैनिकका विर्तामाेडका  ब्यबस्थापक ऊद्वब पुरीलाई पितृशोक परेको छ । पुरीका पिता लेखानीप्रसाद पुरीको ७५ बर्षको उमेरमा निजी निवास अर्जुनधारा ५ मा सोमवार साँझ निधन भएको हो ।

२००० साल चैत्रमा खोटाङ जिल्लामा जन्म भएका पुरी ३५ बर्षदेखि सो ठाउमा सपरिवार बसोबास गर्दै आएका थिए । पुरीका श्रीमति, तीनभाई छोरा, दुई छोरी रहेका छन । पुरीको मङगलवार ११ बजे कनकाई माईमा अन्त्येष्टी गरिने बताइएको छ ।