पथरी / पथरी शनिशरे नगरपालिकामा विकाश निर्माणको काममा जनप्रतिनिधिहरुकै मिलेमतोमा अनियमितता हुने गरेको भन्दै नेपाली काङ्ग्रेसले खवरदार िशुरु गरेको छ ।
नेपाली काङ्ग्रेस पथरीशनिश्चरे नगर समिति र अनुगमन उपसमितिले नगरप्रमुख दिलिपकुमार राईलाई ज्ञापनपत्र बुझाउदै विकास निर्माणमा उपभोक्ता समितिबाट हुने काममा जनप्रतिनिधिहरुले कमिशन लिएर आफु निकटका व्यक्तिहरुलाई दिने गरेको आरोप लगाएको छ ।
नगर सभापति टेकबहादुर थापा र अनुगमन उपसमितिको संयोजक धनकुमार तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा कर्मचारी नियुक्त मनोमानी ढंगले हँुदै आएको, नगरपालिकाले मापदण्ड अनुसार फोहोरमैला, सेफ्टि टंकीको गाडि छिर्ने गरी सडक विस्तार गर्न नसकेको उल्लेख छ ।
जनप्रतिनिधिहरुको बेवास्ताको कारण नगरको भवन निर्माणको लागि आएको बजेट फिर्ता गइरहेकोले सुविधा सम्पन्न भवन निर्माण गरिनुपर्ने, कानून विपरित लिइन्दै आएको कर र न्यायिक समितिले दिदै आएको निवेदन दस्तुर वापतको रकम खारेजी गरिनुपर्ने माग राखिएको छ । मापदण्ड विपरित हुदै आएको खोला दोहन बन्द गरिनुपर्ने, शिक्षा, खेलकुद र विकास निर्माण जस्तो क्षेत्रमा हुदै आएको राजनीतिक हस्तक्षेप बन्द गरिनुपर्ने, नगरपालिकामा दमकलको व्यवस्था गरिनुपर्ने लगायतको मागहरु राखिएको छ ।