धरान । होलीमा कानून विपरीत गर्नेलाई धरान प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।

यसक्रममा धरानका विभिन्न स्थानबाट १२ जनालाई नियन्त्रणमा लिइसकेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । उनका अनुसार धरान १५ बाट कट्टी, खुकुरीसहित हिँडेका ५ जना युवालाई नियन्त्रणमा लिइएको छ । त्यस्तै अन्य स्थानबाट पनि नियन्त्रणमा लिइएको छ ।

होलीमा उच्छृङ्खल गतिविधिमा संलग्नलाई पक्राउ गरिरहेको उनले बताए । उनले होली सौहाद्रपूर्ण बनाउनका लागि पनि आग्रह गरेका छन् । धरानको भानुचौक तथा विभिन्न स्थानमा होली विशेष कार्यक्रमहरू पनि भइरहेका छन् ।