फरार पूर्वप्रहरी एसपी विष्ट अदालतमा हाजिर भए

alt
  • चैत्र ५, २०७५
  • ५१० पटक पढिएको
  • रासस

भीमदत्तनदगर / कञ्चनपुर भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्याय र यातनाविरुद्धको कसुर मुद्दामा फरार अभियुक्त डिल्लीराज विष्ट आज बिहान अदालतमा उपस्थित भएका छन् । विष्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक हुन । हाल उनी बर्खास्तमा छन । 

कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार हरिकष्ण अवस्थीले अदालतको ३५ दिने सूचना जारी भएका बेला बर्खास्त एसपी केहीबेर अघि अदालतमा निवेदनसहित उपस्थित भएको बताए । 

निर्मला पन्त हत्या प्रकरणमा विष्टसहित केही प्रहरी कर्मचारीविरुद्ध निर्मलाका आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसुर र भीमदत्तनगरपालिका–१९ बागफाँटाका दिलीपसिंह विष्टका दाजु खड्क विष्टले यातनाविरुद्धको कसुरमा गत पुसमा उजुरी दिएका थिए । श्रेष्तेदार अवस्थीले अदालतमा उपस्थित भएका विष्टको बयानपछि थुनछेक बहस हुने जानकारी दिए । 

उनीसँगै अदालतमा अनुपस्थित रहेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का डिएसपी अङ्गुर जिसी भने उपस्थित भएका छैनन् । मुद्दाका आरोपी अन्य प्रहरी कर्मचारी यसअघि जिल्ला अदालत कञ्चनपुरबाट धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपुरले उनीहरुलाई रु दुई लाख ५० हजारदेखि पाँच लाखसम्म धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो । 

चलचित्र मिराज टेलर स

सुनसरी /  बालमनोविज्ञानमा आधारित नेपाली कथानक चलचि

उदयपुरमा श्रीमानको क

धरान / उदयपुरमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्य

प्रदेश नम्बर १ बाट प

हाम्रो सस्कृती हाम्रो संस्कार: प्रदेश नम्बर १ बाट प्रथम

योजना आयोगका कर्मचार

धरान  / राष्ट्रिय योजना आयोगको कार्यालयमा एक


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved