श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ चैत्र ५ गते मङ्गलबार, १९ मार्च २०१९ । फागुन शुक्लपक्षको त्रयोदशी तिथि १२ः१० बजेसम्म, उप्रान्त चतुर्दशी नक्षत्र मघा १७ः३० बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः१२ र सूर्यास्त ६ः१४ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
अनावश्यक तनाव हुने देखिन्छ । वादविवादमा नफसेकै राम्रो होला । प्रेमी प्रेमिका बीचको मनमुटाव सान्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बन्धुबान्धवबाट राम्रै सहयोग प्राप्त होला । पढाइमा प्रगति हुनेदेखिन्छ । गरेका कामबाट राम्रै लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । चोटपटक लाग्नसक्छ । आर्थिक संकटले सताउने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यात्रामा सजग रहनुहोला । सर–सामानहराउने देखिन्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसाय राम्रै रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नसोचेको धनार्जन हुने समय आएकोछ । धार्मिक तथा सामाजिक सेवामा मन लाग्नेछ । आर्थिक पक्ष सुद्धन होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिश्रम अनुसारको धनआर्जन हुनेछ । पति–पत्नीका बीच समस्या उत्पन्न होला । नयाँ काममा मन जो देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक समस्या सुल्झेलान । अकास्मात धनागम हुनेछ । जग्गाजमिनको व्यवसायमा मनज्ञै आम्दानी रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामझदारीमा गरिएका कार्यमा सफलता प्राप्त होला । मनमुटाव सुल्झिएर जालान् । आर्थिक स्तरमा वृद्धि हुने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नोकरी तथा सामाजिक काममा उन्नति तथा पदोन्नति हुनेछ । बन्द व्यापार सुचारु होला । प्रेमीप्रेमीका बीच सम्बन्ध सुध्रनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार व्यवसायमा राम्रै आम्दानी होला । दिनको पूवार्धभन्दा उत्तरार्धमा दैनिक कामको बोझ बढ्नेछ । शिक्षामा मन जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिवारमा माङ्गलिक कार्य सम्पादन हुनेछ । मानसिक तनाव हटेर जानेछ । धार्मिक तथा सामाजिक कार्यमा मन जाला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वैदेशिक यात्राको योग देखिन्छ । परिवारबाट टाडिनु पर्ला मन खिन्न रहला । व्यपारिवर्गको लागि भने उत्तम दिन रहेकोछ ।