बिर्तामोड/ अभिनेत्री आना शर्मा मिस नेपाल २०१९ का लागि सहभागी खोज्न पूर्व आइपुगेकी छन् ।
 
मिस नेपाल टोली सुन्दरीहरूको खोजी गर्न देशका विभिन्न ठाउँमा दौडिरहेको छ । त्यही टोलीमा मिसिएर आना झापा आइपुगेकी हुन् ।
 
द हिडन ट्रेजरले आयोजना गर्दै आएको मिस नेपालको २५ औं संस्करणका लागि मङ्गलबार बिर्तामोडमा हुने अडिसनका लागि मिस नेपालकी कोरियोग्राफर रचना शर्मा गुरुङ र आनासहितको टोलीले पत्रकार सम्मेलन गरी यो वर्षको मिस नेपाल भव्य बनाउन ठाउँ–ठाउँमा अडिसन गरिएको जानकारी दिएको छ ।