गायक अमर राईको नयाँ गीत ‘के पायौ र धन ?’ को भिडियो सार्वजनिक भएको छ ।
 
जीतेन लेप्चाको शब्द र सङ्गीत रहेको गीतको एरेञ्ज फणिन्द्र राईले गरेका छन् । गीतको भिडियोमा विकास लामिछाने र सिर्जना जिसीले अभिनय गरेका छन् । मिलन शङ्करले निर्देशन र छायाङ्कन गरेको भिडियो उत्तर मगरले सम्पादन गरेका छन् ।