इटहरी / सगरमाथा व्याडमिन्टन क्लबको आयोजनामा इटहरीमा सम्पन्न व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा समुह ए बाट भजन लाल चौधरी र सुमन बरालको जोडी विजयी भएको थियो । उनीहरुले भूपाल कार्की र मनोज डाँगीको जोडीलाई पराजित गरेको आयोजकले जनाएको छ । यस्तै समुह वी बाट बद्री धिताल र लेखनाथ पाण्डेको जोडी विजयी भएको थियो । पराजित गजेन्द्र खड्का र रविन बस्नेतको जोडीले उपविजेतामै चित्त बुझाउनु परेको थियो । यसै गरी भेट्रान तर्फ अमित चौधरी र सन्तोष राईको जोडीले हरि विष्ट र श्याम तामाङलाई पराजित गरी विजयी भएका थिए । विष्ट र तामाङको जोडी उप विजेता भए ।

विजेता तथा उपविजेतालाई समापन समारोहका प्रमुख अतिथि प्रदेश नम्वर १ का सांसद लिलम बस्नेतले ट्रफि तथा मेडल प्रदान गरे । क्लबको तेस्रो वार्षिक उत्सवको अवसरमा प्रतियागिता आयोजना गरेको क्लका अध्यक्ष बमबहादुर लिम्बूले बताए । प्रतियोगितमा झण्डै डेढ सयखेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । विहिबार र शुक्रबार दुई दिन सम्म चलेको सो प्रतियोगिताको उद्घाटन नेपाल व्याडमिन्टन संघका केन्द्रीय उपाध्यक्ष चन्द्रशेखर लामाले गरेका थिए ।