विराटनगर /  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याव्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले आफ्नो पहिलो प्राथमिकता निजी विद्यालयमैत्री शिक्षा नीति निर्माण गर्नु रहेको बताएका छन् ।
१४औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भए पछि पहिलो पटक गृहनगर आएका अध्यक्ष पुरीले शनिबार यस्तो बताएका हुन् ।
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनले निजी विद्यालयलाई नियन्त्रण गर्न खोजिएको भन्दै अध्यक्ष पुरीले संघीय शिक्षा ऐन बन्दै गरेको अवस्थामा समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । यतिबेला सवै प्याब्सनिष्टहरुको एउटै एजेन्डा भएकै कारण १४ औं महाधिवेशनबाट एकताको सन्देश दिन सर्वसहमतिमा नेतृत्वचयन गरिएको उनले बताए । उनले निजी विद्यालयका समस्याका बारेमा प्रधानमन्त्री र शिक्षामन्त्रीलाई पनि जानकारी गराइसकेको बताए । ‘प्रधानमन्त्री र शिक्षामन्त्रीले निजि विद्यालयका विरुद्ध नभई नियमनसम्म गर्ने गरि ऐन ल्याउने बताएका छन्,’ अध्यक्ष पुरीले भने ।’
.उपत्यका बाहिरको विद्यालयबाट पहिलोपटक अध्यक्ष बनेका पुरीलाई शनिवार विराटनगरमा भव्य स्वागत गरिएको छ । प्रदेश, जिल्ला र विराटनगर महानगरकमिटिले अध्यक्ष पुरीलाई स्वागत गर्दै उनको विद्यालय एभरेष्ट सेकेण्डरी स्कुलसम्म पु¥याएका थिए ।
क्याप्सन ः पुरी प्याब्सनको अध्यक्षमा निर्वाचित भएर गृह नगर आउँदा विराटनगर विमानस्थलमा स्वागत गरिदै ।