धरान/ गायिका अन्जु पन्त र गायक शान्तिम कोइराला स्वरमा रहेको गीत ‘आकाशका जून तारा’ सार्वजनिक भएको छ ।
लक्ष्मी सङ्ग्रौलाको शब्द सिर्जना तथा सङ्गीतमा रहेको गीतमा उदयराज पौडेलको एरेञ्ज रहेको छ । नायिका बेनिसा हमाल र प्रनिपराज अधिकारीले अभिनय गरेको भिडियो किरण चैसिरले छायाङ्कन, मनोज कार्कीले सम्पादन र राज केसीले निर्देशन गरेका हुन् ।