धरान/ गायक प्रताप दास र गायिका प्रविसा अधिकारीको नयाँ गीत ‘गाजल’को भिडियो सार्वजनिक भएको छ । राजेन्द्र पुरीको शब्द तथा गणेश गन्धर्व र नवीन श्रेष्ठको सङ्गीत रहेको गीतको भिडियोमा सभ्यता गिरी र अमन श्रेष्ठले अभिनय गरेका छन् ।
बबिता श्रेष्ठले निर्देशन गरेको भिडियोमा अभिनय रहेको भिडियो मुकेश हुमागाईंले छायाङ्कन र राजेश कुमारले सम्पादन गरेका छन् ।