धरान/ हास्यकलाकार तथा समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले आफ्नी छोरीको जन्मदिनका अवसरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।
उनीहरूले छोरी सुबिहानी कट्टेलको जन्मदिनको अवसरमा सहयोग घोषणा गर्दै सामाजिक सञ्जालमा लेखेका छन्,‘हाम्रा हरेक विशेष अवसरलाई यसरी नै समाजसेवा र राष्ट्र निर्माणमा लगाउने हो भने यो देश हाम्रै पालामा बन्नेछ ।’
अहिले क्रिकेट रङ्गशालाको फिल्डको काम भइरहेको छ । केही समयमै रङ्गशालाको डीपीआर र डिजाइनको काम सम्पन्न हुने धुर्मुस–सुन्तली फाउन्डेसनले जनाएको छ ।