इटहरी/ देशका ठूला शहरहरुसँग प्रतिस्पर्धा गरिरहेको पूर्वको केन्द्रविन्दु इटहरी एक नम्बर प्रदेशको राजधानी नभए आन्दोलनको तयारी देखि नेता बहिष्कार सम्मको कार्यक्रम गर्ने इटहरीका नेताहरुले चेतावनी दिएका छन ।

शुत्रबार राजधानी सरोकार समाज इटहरीले आयोजना गरेको कार्यक्रममा प्रदेशकै केन्द्रविन्दु इटहरीलाई राजधानी नबनाए ठुला नेता बहिष्कार सम्मको कार्यक्रम गर्न चेतावनी दिएका हुन ।

नेकपा इटहरीका नेता रामप्रसाद चौलागाईले इटहरीलाई प्रदेशको राजधानी नबनाउँने खेल बढ्दै गएको भन्दै केन्द्रिय नेता बहिष्कार सम्मको कार्यक्रम गर्नु पर्ने बताए ।

उनले भने प्रदेश नम्बर एकको १४ जिल्ला मध्ये सबै भन्दा उत्कृष्ट गन्तब्य इटहरीलाई प्रदेशको राजधानी नबनाए आन्दोलनको कार्यक्रम फरक शैलीबाट गर्ने जनाए। इटहरी हुदै जाने नेताहरुलाई इटहरीबाट अन्य जिल्ला जान रोक लगाईने सम्मको उनको चेतावनी थियो ।