विराटनगर /  पाँचौ साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता विराटनगरमा भोली मंगलबारदेखि सुरू हुँदै छ । विराटनगरस्थित सहिद रङ्गशालमा यो प्रतियोगिता हुने छ । उद्घाटन खेलमा आयोजक नेपालले भुटानसँग खेल्नेछ ।
समूह ‘ए’ मा नेपालले भुटान र बंगलादेशसँग खेल्छन् भने समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्ससँग भिडदैछ । चैत ८ सम्म चल्ने प्रतियोगिता भारतसहित बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्सको टोली छ ।

पाकिस्तानले सहभागीता जनाएन
प्रतियोगितामा पाकिस्तानले आन्तरिक समस्या देखाउँदै अन्तिम समयमा आएर सहभागिता जनाएन ।
आन्तरिक समस्या बताए पनि भारतसँग पछिल्लो सयम भएको द्वन्द्वका कारण सहभागी नभएको बताइएको छ । भएको यसअघि नेपालले समूहचरण ‘ए’ मा परेको भुटान र बंगलादेशसँग पछिल्लो समय ५ खेलमा हारको सामना गर्नुपरेको छैन । पछिल्लो ५ खेलमा बंगलादेशसँग ४ खेलमा जित र एकमा बराबरीको अवस्था छ । भुटानसँग पछिल्लो ५ खेलमा नेपालले सानदार जित निकालेको छ । तेस्रो र चौथो साफ महिला च्याम्पिसयनसिपमा पनि नेपालले दुवै पटक जित निकालेको छ ।

नेपालका लागि चुनौती अवसर–हरि खड्का
‘यो साफमा सबैले उपाधि आशा गरेका छन्,’ नेपाली टिमको मुख्य प्रशिक्षक हरि खड्काले भने, ‘मेरा लागि ठूलो चुनौती छ । कोसिस गर्नेछु ।’ घरेलु मैदान र समर्थक माझ उपाधि जित्ने अभियानमा नेपाली टिम छन् । ‘यस्तो दबाबलाई सकारात्मक रूपमा लाने प्रयास गर्दैछु,’ खड्काले भने । खड्काले आफ्नो टोली साफ महिला च्याम्पियनसिपका लागि शारीरिक र मानसिक दुवै रुपमा तयार रहेको बताए । ‘हामी शारीरिक र मानसिक रुपमा तयार छौं । खेलाडीहरुमा आत्मविश्वास पनि उच्च छ,’ खड्काले भने, ‘ हाम्रो पहिलो प्राथिमकता समूह चरणतर्फ छ । त्यसपछि सोही अनुसार अगाडी बढ्ने छौं ।’

उपाधि जित्न चाहन्छौं –नेपाली टोलीकी कप्तान
नेपाली महिला टोलीकी कप्तान निरु थापाले पनि आफूहरु साफका लागि तयार रहेको बताएकी छिन् । ‘हामी घरेलु मैदानमा खेलिरहेका छौं,’ थापाले भनिन्, ‘ घरेलु समर्थकहरुका माझ खेल्न पाउँदा हामी खुशी पनि छौं । हामीलाई सबैको समर्थन पनि छ । हामी यो उपाधि जित्न चाहन्छौं ।’

च्याम्पिनसिपको ट्रफी सार्वजानिक
अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ महिला च्याम्पिसनसिपको ट्रफि सार्वजानिक गरेको छ । सोमबार एक कार्यक्रमको बिच विजेताले पाउने ट्रफि सार्वजानिक गरिएको हो ।
उक्त ट्रफ ६ वटा देशका कप्तानहरूले संयुक्त रूपमा ट्रफी बोकेर सार्वजानि गरे । आयोजक एन्फाले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड ६५ लाख अनुमानित खर्च लाग्ने उल्लेख गर्दै विराटनगर महानगरपालिकाले १ करोड र प्रदेश १ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको एन्फाले जनाएको छ ।

मैदानमा बोतल, हेल्मेट, लाइटर लिएर प्रवेशमा रोक
सीसी क्यामेरा जडान गरिएको सहिद मैदानमा दर्शकका लागि पानीको बोतलबाहेक हेल्मेट, छाता, लाइटर, झन्डा राख्ने डन्डी, पैसाको सिक्कालगायत सामान लिएर प्रवेश निषेध गरिएको छ । लिग चरणका खेलमा पश्चिमतर्फको प्याराफिटका लागि ३ सय र अन्य साधारण प्याराफिटका लागि २ सय रुपैयाँ टिकट दर राखिएको छ । प्रतियोगिताका लागि विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले अन्तराष्ट्रिय प्रतियोगिता भएका कारण अन्य बेलाको भन्दा विशेष सुरक्षा व्यवस्था अपनाइने बताए । उनका अनुसार ठूलो संख्यामा जनपद र सशस्त्र प्रहरी सुरक्षाका लागि खटाउने तयारी गरिएको छ । उनका अनुसार चोकचोकमा पिकेट परिचालन गरी प्रविधियुक्त सुरक्षाको व्यवस्था गरिएको छ ।
क्याप्सन ः साफ महिला च्याम्पिसनसिपको ट्रफि सार्वजानिक गर्दै ६ देशका कप्तानहरू ।

‘साफ च्याम्पियनसिप खेल्न राम्रो टिम बनाएको छु’
हरि खड्का
मुख्य प्रशिक्षक, नेपाली टिम

  • साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा आज मंगलबार नेपालले भुटानसंग खेल्दैछ । घरेलु भुमिमा नेपाली खेलाडीले कस्तो खेल प्रर्दशन गर्नेछ ?

– हामी शारीरिक र मानसिक रुपमा तयार छौं । खेलाडीहरुमा आत्मविश्वास पनि उच्च छ । हामीसँग उत्कृष्ट खेलाडीहरु पनि छन् । हामी सबै प्रतिद्वन्द्वीहरुलाई सम्मान गर्छौं । हामीले कसैलाई पनि हलुका रुपमा लिएका छैनौं । तत्कालका लागि हामी समूह चरणमा ध्यान केन्द्रिन गर्नेछौं । सबै प्रतिद्वन्दीको ईज्जत गर्नेछौ । राम्रो खेल्दै पहिलो खेलमा भुटानविरुद्व जित निकाल्ने विश्वास छ । पछिल्लो प्रर्दशनबाट नेपाली टिमको मनोबल उच्च छ । बेन्च समेत बलियो छ । हाम्रो पहिलो लक्ष्य समुह चरण पार गर्नेछौं । प्रतियोगिताका लागि आफुले राम्रो टिम बनाएको छु । हाम्रो पहिलो प्राथिमकता समूह चरणतर्फ छ । त्यसपछि सोही अनुसार अगाडी बढ्ने छौं ।

  • पहिलो खेलमा भुटानसँग कुन ‘पोजिसनमा’ नेपाली खेलाडीले खेल्नेछ ?

– यो पटक हामीले राम्रो अभ्यास गर्ने मौका पाएका छौं । खेलाडीहरूमा एकखाले उत्साह छ । भुटानसँग ४,४ र २ को करणनीति अपनाएर खेलाडीहरू मैदानमा उत्रिनेछन् । एटकिङ्ग फुटबल खेल्नेछौं । एटकिङ्गलाई हामीले मुख्य प्राथामिकता राखेका छौं । भारतसँग परे पनि हाम्रा खेलाडीहरूले यही पोजिसेनमा रहेर खेल खेल्नेछन् । त्यसपछि फरक रणनीतिका साथ बंगलादेशविरुद्व उत्रनेछौ ।

  • कसको कप्तानीमा नेपाली टिम मैदानमा उत्रिनेछन् ?

– नेपाली टिमकी कप्तान निरु थापाको कप्तानीमा नेपाली टिम बनेको छ । साफ महिला च्याम्यिनशिप खेल्ने राम्रो टिम बनेको छ । मैले दबाब भन्दा नि अवसरको रुपमा लिएको छु । टिममा जितको भोक छ । हामी पहिलो खेलमा भुटानसंग खेल्नेछौ । त्यसपछि फरक रणनीतिका साथ बंगलादेशविरुद्व उत्रनेछौ ।

  • अन्त्यमा खेलाडीहरूलाई केही भन्न चाहन्छु

– खेलडीहरूले मेहनत गरेका छन् । उनीहरूको मेहनत अनुसार अगाडी बढनेछन् । गनुपर्ने धेरै छन् । म खलाडीहरूलाई राम्रो खेल प्रर्दशन गरि घरेलु भुमिमा भएको साफ महिला च्याम्पिनसिपको उपाधि जितेर नेपालको शिर उच्च राख्नु प्रतिवद्ध छु ।