अफगानिस्तान ।  अफगानी सुरक्षाकर्मीले गत चौबिस घण्टाको अवधिमा तालिबान लडाकूविरुद्ध गरेको कारबाहीमा परी कम्तीमा ६० जना लडाकू मारिएका छन् । 

विषेश सुरक्षा बलले गरेको सो कारबाहीका क्रममा ती तालिबान लडाकूहरु मारिएका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । 
स्रोतहरुलाई उद्धृत गर्दै खामा प्रेसले जनाएअनुसार २९ जना तालिबान लडाकूहरु बाराकी बाराक र चार्खमा मारिएका हुन् । सो घटनामा परी एक जना तालिबान लडाकू कमाण्डर घाइते भएका छन् भने विस्फोटक पदार्थ विस्फोटन हुदा एउटा सवारी साधन जलेर नष्ट भएको छ । 

सुरक्षाकर्मीहरुले घटनास्थलबाट बम बनाउने अन्य सामग्रीहरु पनि नियन्त्रणमा लिएको सुरक्षा स्रोतले जानाकारी दिएको छ । 
त्यस बाहेक अफगान विषेश सुरक्षा फौजले सामान्गाममा पर्ने राजमार्गमा गरेको सुरक्षा कारबाहीमा परी चार जना तालिबान लडाकू मारिएका छन् भने तीन जना घाइते भएका छन् । 

त्यस्तै आक्रमण उनीहरुले हेल्मन्ड प्रान्तको नोवजाड र मुस क्वाल जिल्ला र उरुज्गान प्रान्तको तारिङ्क शहरमा पनि गरेका थिए । ती आक्रमणहरुमा परी १२ जना लडाकू मारिएका सुरक्षा अधिकारीहरुले जनाएका छन् । 
सुरक्षाकर्मीहरुले तालिबान लडाकूहरुसँग सम्वन्धित एउटा रेडियो टावर र आइइडी पनि नष्ट गरिदिएका छन् ।