काँकडभिट्टा/ पूर्वको पर्यटकीय तथा धार्मिक क्षेत्र इलामको कुटीडाँडामा शनिबारबाट सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । 
 
स्वदेशी तथा बिदेशी पर्यटकहरूलाई सहजरूपमा सुविधा प्रदान गर्ने उद्देश्यले पाथीभरा दर्शन प्रालिले ‘हिल वड होटल एण्ड रिसोर्ट ’ सञ्चालनमा ल्याएको हो । सञ्चालक वीरबहादुर कट्वालका अनुसार करिब ४ करोडको लागतमा होटल सञ्चालनमा आएको हो । इलामको रोङ गाउँपालिका कुटीडाँडाको पाथीभरा मन्दिरकै काखमा सञ्चालनमा आएको हो । पछिल्लो समय इलाम पर्यटकीय हब बन्दै गएको छ । इलाममा ठूला र सुविधा सम्पन्न स्टार होटलहरू खुल्ने क्रममा छन् । 
 
स्वदेश तथा भारत, बङ्गला देश आसाम, गुवाटी, सिक्किम, दार्जिलिङबाट  धार्मिक पर्यटक ताप्लेजुङ्गको पाथीभारा दर्शन गर्नका लागि यो बाटो  हुँदै जाने गरेका छन् । पर्यटकीय क्षेत्रमा खुलेका यस प्रकारका सुविधा सम्पन्न होटलहरूले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सहज हुने पर्यटन व्यवसायी शङ्कर भट्टराईले बताए ।