सप्तरी   सप्तरीको खड्क नगपालिका ५ खरचुहियामा ज्यूँदै आगो लगाएर एक बृद्ध दम्पतिको हत्या गरिएको छ ।

७० बर्षीय सबुरी साह र उनकी पत्नी ६५ बर्षीया बेचनी देवीलाई ज्यूँदै आगो लगाएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । कपडामा छोपेर आगो लगाइएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले बताए ।

मंगलबार बिहान दूध लिएर आउने व्यक्तिले साहको ढोका नखुले पछि प्रहरीलाई खवर गरेका थिए । प्रहरी घट्नास्थल पुगेर घरको ढोका तोडेरभित्र पस्दा जलेको अवस्थामा दुबैको शव फेला परेको बताइएको छ ।

घट्नाबारे केही नखेलेको एसपी विष्टले बताए । हत्यारा पत्ता लगाउन तालिम प्रााप्त कुकुरसहित टोली परिचालन गरिएको उनल ेबताए ।
मृृतक साह व्याजमा रकम लगानी गर्दै आएको बताइएको छ । लेनदेनका कारण उनको हत्या भएको आसंका गरिएको छ ।