सिरहा / सिरहाको विभिन्न नाका तथा भन्सार कार्यालयबाट नै सेटिङ्गमा तस्करी भई रहेको रहस्य खुलेको छ ।
जिल्लाका भन्सार कार्यालय खैरटोका माडर, औरही, बरियारपट्टी, झाझपट्टी तथा ठाडी भन्सार कार्यालय रहेका छन् । ताँहा कार्यालयमा र बोडर साईडमा नेपाल प्रहरी, सशस्त्र प्रहरी सुरक्षाको लागि खटाइएको छ ।
भन्सार कार्यालय भई आउने जाने गरेको सबै सर्वसाधारणलाई चेक जाँच गरी मात्र आउने जाने दिने कानूनी व्यवस्था रहेको छ । तर त्यही सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको सेटिङमा तस्करी भइरहेको पाइएको छ ।
प्रहरी प्रशासनको सेटिङ्गमा दैनिक, साप्ताहिक तथा मासिक रुपमा व्यपारीहरुसँग मोटो रकम लेनदेन गरी मुख्य भन्सार कार्यालयबाट नै प्रतिवन्धित खाद्यन सामग्री तथा अन्य उपभोग्य इलोक्टोनिक्स समानहरु नेपाल आउने गरेको श्रोतको दाबी छ । बरीयारपट्टी भन्सार भई अबैध रुपमा दिनहु लाखौको माल समान आउने गरेको एक स्थानीयले बताए ।
नाम उल्लेख नगर्ने शर्तमा एक जना व्यापारीले प्रति महिना एक हजार गरी बरियापट्टी दुबै प्रहरी चौकीमा दिने गरेको बताए । ‘सुखीपुरमा पनि मासिक एक हजार दिन्छु र धनगढी प्रहरी चौकीमा एक हजारका दरले मासिक बुझाउने गरेको छु । त्यसैले हामीलाई कुनै डर छैन ।’–उनले भने ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवत्ता एवंम प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलसँग बुझदा कुनै त्यस्तो समान नआउने गरेको बताउछन् ।