‘एकीकृत कर्जा विनोद चौधरी र राजेन्द्र खेतानलाई होइन, तपाईंहरूका लागि हो’

alt
  • फाल्गुन १०, २०७५
  • २९५ पटक पढिएको
  • ब्लाष्ट खबर

राष्ट्रिय युवा परिषद् गठन भएको पनि तीन वर्ष पुगिसकेको छ । तर अहिले पनि परिषद् गठन भएको बारे धेरै युवाहरूलाई जानकारी छैन । ७७ वटै जिल्लामा नपुगेको हो कि भन्ने स्थिति पनि छ किन ?
– हो, यो गठन भएको तीन वर्ष पुगेको छ । म कार्यकारी उपाध्यक्ष बन्दा शून्यको स्थितिमा थियो । हामी सडकबाटै संरचनालाई पारित गराउने, नयाँ अफिस बनाउने, सिङ्गो कर्मचारी व्यवस्थापन गर्ने काम गर्यौं । ७५ जिल्लामा जिल्ला युवासमिति विस्तार गरेका छौं । तर, जव पिकअप लिने क्षणमा आइपुगेपछि सङ्घीयताका कारणले केही असहज बनेको पक्कै हो । जिल्ला जुन रूपमा फङ्सनिङ हुनुपर्ने हो त्यो गर्न सकेन । एक वर्ष कर्मचारी व्यवस्थापन गर्न समय गयो । पछिल्लो दुई वर्ष सङ्घीयताका कारणले अलमल भयो । जसले गर्दा एकैसाथ परिचालित हुन सकेन । जुन रूपमा ७५–७७ जिल्ला एक साथ परिचालित हुनुपथ्र्यो, त्यो हुन सकेन । तर हामीले यसबीचमा सबैभन्दा गतिशील संस्थाको रूपमा विकास गरेका छौं । थोरै पैसाबाट धेरै काम गर्न सक्ने दृष्टान्त पनि बनेका छौं । कुनै–कुनै काम त सोचेभन्दा ४ सय गुणाले प्रगति गरेका छौं । मान्छेमा इच्छाशक्तिका साथ काम गर्दाखेरी बाधा चाहिँ पैसाका कारणले हुँदैन है भन्ने दृष्टान्त हामीले प्रस्तुत गरेका छौं ।

शून्यबाट उठ्दा समस्या भएको हो भनेर तपाई आफैले पनि भन्नुभयो । तर, युवालाई जुन रूपमा सचेतना गराउनु पथ्र्यो । त्यो लक्ष्यअनुरूप अगाडि बढ्न नसकेको हो कि भन्ने आलोचना सुनिन्छ नि ?
– यसलाई कसरी हेरौं भने अहिले हामीले गरिरहेको कुरा भनेको ५ वटा क्षेत्रमा हो । सबै युवाको बीचमा यो सबै कुरा पुग्यो भनेर म भन्दिन । तर, हामीलाई दिएको बजेट, कार्यक्रमभन्दा हामीले धेरै काम गरेका छौं ।

बजेट चाहिँ कति हो ?
– कार्यक्रमको बजेट जम्मा ६ करोड हो । देश चलाउनका लागि दिएको जम्मा पैसा यति हो । तर, ६ करोडले हामीले २० करोडको काम गरेका छौं । हामीलाई दिएको बजेट र कार्यक्रमअनुसार काम गरेका छौं । जिल्ला युवा समितिलाई फङ्सनिङ गर्नका लागि बजेट दिएको छैन । यसका केही ल्याकिङहरू छन् । यद्यपि युवाहरूको समस्या के हो त भनेर पहिचान गरेर बनाइएको युथ भिजन २०२५ र युवा नेतृत्व २०७२ सारको रूपमा ‘शिक्षाको गुणस्तरीयता र यसको व्यवसायिकता, युवा उद्यमशिलता रोजगारी र सीप विकास, युवा नेतृत्व विकास, सहभागिता र परिचालन, युवाको स्वास्थ्य र सामाजिक विकास, खेलकुद र मनोरञ्जन’ । यो पाँचवटा पिल्लरमा काम गरेका छौं । शिक्षाको विषयमा लिड गर्ने शिक्षा मन्त्रालय छ । सरकारलाई फिडब्याक दिने काम हाम्रो हो हामीले गरिरहेका छौं । प्रभावकारी ढङ्गले ७७ वटै स्थानीय तहमार्फत् सञ्चालन होस् भनेर सशर्त बजेट माग गरेका छौं । दोस्रो कुरा भनेको युवा उद्यमशीलताको सवालमा ७ किसिमको कर्जा प्रवाह गरेका छौं । हामीले नै कार्यक्रम गरेका थियौं युवा उद्यम कार्यक्रम । झण्डै ४ सय युवालाई उद्यमी बनाउने काम गरेका छौं । उनीहरूलाई निःशुल्क रूपमा ५–५ लाख रुपैयाँ उद्यमीहरूलाई दिएका छौं । राष्ट्रपति युवा कार्यक्रम मधेशमा सञ्चालित छ । यसको सहजीकरण, लेखन, सहयोग गर्ने काम युवा परिषद्ले गरिरहेको छ ।

युवा उद्यमीको बजेट विनियोजनमा आलोचना चाहिँ के हुने गरेको छ भने अनुगमन चुस्त रूपमा हुँदैन, भनेजस्तो आउटपुट आउँदैन भनिन्छ नि ?
–रिसर्च भइरहेको छ । परिषद्ले कोषकै रकममध्ये केही रकम जोडेर देशभर कस्तो काम भइरहेको छ भनेर रिसर्च गरिरहेका छौं । सँगै हाम्रो अनुगमन पनि हुन्छ । त्यसो त युवा उद्यम कार्यक्रमको अनुगमन अर्थ मन्त्रालयले पनि गर्छ । योजना आयोगले पनि गर्छ । सम्बन्धित सहकारीले पनि गर्छ । पाँच वर्षसम्म एउटा उद्यमीलाई सफल बनाइदिन्छ । र, पाँच वर्षपछि साँवा फिर्ता लिन्छ । सरकारले विजनेस त गर्दैन । अर्को युवाको लागि तयार गरिदिने हो । त्यसैले साँवा फिर्ता गरिदिने भन्ने योजना हो । एकीकृत कर्जा योजनाभित्र यसलाई व्यवस्थित गरिदिने गरी आयो भने हाम्रो सफलता हासिल भएन र । सँगै हामीले युथ पार्लियमेन्टको सोच अगाडि बढाइरहेका छौं । गत साल प्रत्येक प्रदेशबाट २–२ वटा पालिकालाई लिएर १४ वटा नगरपालिकामा क्लब बनाइसकेका छौं । एक हजार ९४ वटामा क्लबहरू बनिसके । ९० वटा स्थानीय तहमा क्लबहरू बनिसके । त्यसलाई पार्लियामेन्टको रूपमा विकास गर्दैछौं । केन्द्रमा प्रशिक्षक प्रशिक्षण (टट्) तालिम गरी सकियो । अहिले एमटट् गर्ने तयारीमा छौं । चैतभरिमा सबै स्थानीय तहमा, वैशाखसम्म प्रदेश र जेठसम्ममा केन्द्रमा क्लबहरू बनाइसक्छौं । असारभित्रमा हामी कम्प्लिट दस्तावेजका रूपमा अगाडि बढाउनेछौं । त्यो दस्तावेजमध्येबाटै स्थानीय तहलाई चाहिने चिज स्थानीय तहलाई दिन्छौं । प्रदेशलाई चाहिने प्रदेशलाई दिन्छौं । केन्द्रलाई चाहिने केन्द्रलाई दिन्छौं । योजना आयोगको सपोर्टिङको रूपमा विकास गर्ने सोच हो । सिङ्गो समाजको रूपान्तरण विकासमा काम गर्नेछौं । आजको युवाले भोलिको कस्तो देश चाहेको छ । उनीहरूलाई कानूनी ज्ञान, संविधानको ज्ञान विकास गरिदिने र स्वयम्सेवक युवाहरू थिङ्क ट्याङ्क बनाउने लक्ष्य हो ।

थिङ्क ट्याङ्कको कुरा आउँदा केपी सरकारले पनि बुद्धिजीवीलाई समेटेर थिङ्क ट्याङ्क बनाएको छ । तर, असफल भयो भनेर बारम्बार कुरा आइरहेको छ । तपाईले पनि युवाहरूलाई थिङ्क ट्याङ्कको रूपमा विकास गर्ने आशयगत कुरा गरिरह“दा यो पनि असफल बन्ने सम्भावना कतिको देख्नुहुन्छ ?

–प्रधानमन्त्रीले केन्द्रमा आफ्नो वरिपरिका मान्छेलाई राखेर थिङ्क ट्याङ्कको टिम बनाउने भन्ने कुरा र यो फरक कुरा हो । यो २४ वर्षभन्दा मुनीका युवाहरूलाई तयार गर्दैछौं । यी त ‘र’ युवाहरू हुन् नि । उनीहरूको ‘र’ आवाजहरू त निर्दोष आवाजहरू हुन् नि । उनीहरूले गुगल हेरेर, संसारलाई देखेर आएको मन्थनीय कुरालाई योजना आयोगमा डकुमेन्टेसन गर्ने कुरा हो ।

तपाईंले यसो भनिरहँदा दैनिक १८ सयदेखि २ हजार युवाहरू विदेशिइरहेका छन् । जुन २५ वर्षमुनीकै युवाहरू छन् । यसलाई पुष्टि गर्ने आधार अथवा सफल बनाउने आधार के त ?
–राष्ट्रिय युवा परिषद् गठन भएकाले बेला अथेन्टिक डाटा के थियो भने प्रतिवर्ष विदेश जानेको सङ्ख्या ५ लाख ३८ हजार । आज त्यो डाटा फर्केर हेर्नुहुन्छ भने ३ लाख २३ हजार मात्रै छन् । २ लाख १५ हजारको सङ्ख्या घटेका छन् । त्यो चेञ्ज आएन र ? त्यो सबै हाम्रै कारणले भन्न मिल्दैन । तर, स्थायी राजनीति होला, स्थायी सरकार होला, हाम्रा मुभमेन्टहरूका आवाज पनि जोडिएका छन् । नेपालमै बसेर केही गर्छु भन्ने भावना जागृत हुनु परिवर्तन हैन र । तपाईंले चारवर्ष अघिको डाटा हेर्नुहुन्छ भने साक्षात्कार डिग्री ७६ प्रतिशत पुरुष, ७१ प्रतिशत महिलामा थियो । आज ८५ प्रतिशत पुरुष र ८१ प्रतिशत महिलाको देखिन्छ । चेञ्ज आएन र । युवा विकासको सूचकाङ्कमा चार वर्षअघिको १९३ वटा देशको सर्वेक्षणमा हामी १४५ नम्बरमा थियौं । अहिले ६८ वटा देश उछिनेर ७७ औं नम्बरमा आइपुगेका छौं । के यो चेञ्ज हैन र ? मान्छेले फिलिङ गर्ने अथेन्टिक डाटा यही होइन र ? अहिले बाहिर आएका समाचारहरूको आधारमा हिसाब गर्नुहुँदैन । समाचार भनेको मिडिया शक्तिशाली भएको होे । घटना कम भएर र बढी भएर होइन है ।

भनेपछि मडियाले गलत लेख्यो भन्ने कुरा हो ?
–गलत होइन, मिडियाले बाहिर ल्यायो । त्यो मिडिया शक्तिशाली हुनु नराम्रो कुरा होइन । हाम्रो मिडिया हरेक चिजलाई सहन सक्ने योग्य भयो । अलिकति गलत कुरा पनि भित्र छोप्न दिएन । सबै चिज उजागर गर्न सक्यो । त्यसको शक्ति बढेर गएका कारणले प्रचार बढी भयो । घटनाहरू बाहिर आए । त्यो घटना हिजो र आजको बीचमा त्यसको डिफरेन्सेस बढ्यो भनेर हिसाब गर्नु भएन । त्यो घटेकै छ । मिडियोको पावर चाहिँ बढेको छ है ।

युवाहरूलाई उत्प्रेरणा जगाउने कुरामा राष्ट्रिय युवा परिषद्ले के–के कार्यक्रम गरिरहेको छ ?
–तपाईंले एसर्ईई पास गर्नुभयो तर के पढ्ने भन्ने अन्यौलता भयो भने परिषद् तपाईंको साथी हो । इन्टर पास हुनुभयो कन्फ्युज हुनुभयो । अलमलमा पर्नुभयो भने अलमलको बेलाको साथी हो युवा परिषद् । तपाईंलाई स्कील चाहियो । के गर्ने भन्ने भयो भने परिषद्ले बाटो देखाउँछ । मोटिभेसनल काउन्सिलिङ र मार्गदर्शनको काम परिषद्ले गर्छ । सूचनाबाट युवालाई सुसूचित गर्ने काम परिषद्ले गर्छ । अर्थ मन्त्रालयले अहिले एकीकृत लोन कर्जा घोषणा गरिसकेको छ । त्यसका केही कार्यविधिगत समस्याहरू छन् । मेरै संयोजकत्वमा कार्यविधिलाई संशोधन गर्ने काम भइरहेको छ । त्यसलाई सुधार गर्छौं । त्यो कर्जा विनोद चौधरी र राजेन्द्र खेतानजस्ता उद्योगपतिका लागि होइन । त्यो तपाईंहरूजस्ता युवाहरूको लोन हो । तपाईंको केहीमा पहुँच पुगेन । त्यसमा सहजीकरणको भूमिका हामी गर्छौं । युवाहरूका लागि तालिम कोर्ष तयारी गरिसकेका छौं । वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, युवा स्वरोजगार कोष, सिटिईभीटीस“गको समन्वयमा तालिम दिन्छौं । नेतृत्व विकासको लिड गर्छौं । अर्को पार्ट भनेको स्वास्थ्यसम्बन्धी केही काउन्सिलिङ गर्नुपर्यो भने स्वास्थ्य शिविरको वातावरण बनाइदिन्छौं । हामीसँग स्रोत छ भने स्रोत दिन्छौं, नत्र दिलाइदिन्छौं । मन्त्रालयमा जानुभयो अप्ठ्यारो पर्यो भने हामीमार्फत् मन्त्री, प्रधानमन्त्री कहाँ पुग्ने हो त्यहाँ पुर्याउँछौं ।

परिषद्ले हालसम्म के–के समस्या भोगिरहेको छ । जस्तो बजेट कुरा उठाउनुभयो । तीन वर्ष भनेजस्तो काम गर्न सकिएन भन्ने कुरा आयो । परिषद्लाई जटिलता चाहिँ केमा छ ?
– बजेटको सन्दर्भमा त सिङ्गो बजेटको ३ प्रतिशत बजेट मात्रै युवा मन्त्रालयमा छ । त्यसमा पनि ९० प्रतिशत बजेट खेलकुदमा छ । बाँकी १० प्रतिशतभित्र युवा स्वरोजगार कोष, स्काउट, युवा मन्त्रालय र युवा परिषद्लाई छ । देशभरि गर्ने कार्यक्रम त्यसैमा चल्छ । बजेटले युवाको क्षेत्रमा फलो गरेको छैन । आगामी वर्ष केही बढ्ला । जस्तो अहिले सरकारी उद्योगहरू असफल भए, किन भयो त ? त्यसमा टेक्नोलोजी जोड्न सकिएन, छिटो उत्पादन गर्न सकिएन, ह्युज एमाउन्टमा उत्पादन गर्न सकिएन । टेक्नोलोजी चाहियो । इनोभेसन चाहियो । त्यसका लागि युवाहरूको इनोभेसन सेन्टर बनाउँदै छौं । युवाहरूको वैज्ञानिक सम्मेलन गर्दैछौं । गतसाल पनि गर्यौं । तालिम केन्द्र, पुस्तकालय, आइटी पार्क बनाउँछौं । म्युजियम बनाउँछौं । यसका लागि ठूलो बजेट चाहिन्छ । त्यसका लागि ५ अर्बको बजेट आवश्यक छ । सरकारले त्यो बजेट एलोकेट गर्यो भने इनोभेसन सेन्टर बनाउँछौं । स्कीलबाट पूर्ण उद्यमी बनाउने, सकारात्मक सोचबाट सिङ्गो देशलाई अगाडि बढाउने ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने कुरामा हामी अगाडि बढ्दैछौं ।

उपनिर्वाचनः पचास पदक

  काठमाडाैं / निर्वाचन आयोगले आगामी मङ्सिर

वृद्धमाथि दाउ प्रहार

मोरङ / मोरङको बेलबारी नगरपालिका–९ स्थित पोखर

चलचित्र मिराज टेलर स

सुनसरी /  बालमनोविज्ञानमा आधारित नेपाली कथानक चलचि

उदयपुरमा श्रीमानको क

धरान / उदयपुरमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्य


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved