प्रदेश नं ३ स्तरीय महिला भलिबल छनोट प्रतियोगिता शुरु

alt
  • फाल्गुन ९, २०७५
  • २५८ पटक पढिएको
  • ब्लाष्ट खबर

चरिकोट(रासस)/ आठौँ राष्ट्रिय खेलकूद २०७५ अन्तर्गत प्रदेश नं ३ स्तरीय महिला भलिबल छनोट प्रतियोगिता यहाँ बुधबारबाट शुरु भएको छ ।

प्रदेश खेलकूद परिषद्को आयोजना र जिल्ला खेलकूद विकास समिति दोलखाको सहआयोजनामा शुरु भएको भलिबल प्रतियोगितामा १२ जिल्लाका खेलाडी सहभागी भएको आयोजकले जनाएको छ ।

सहभागी हुने जिल्लामा प्रदेश नं ३ अन्तर्गतको दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, काठमाडाैँ, ललितपुर, नुवाकोट, धादिङ, चितवन, मकवानपुर रहेका छन् ।

खेल अवधिभर सबै खेलाडीको मूल्याङ्कन गरिने र १२ टिमभित्रबाट खेलाडी छनोट गरी प्रदेश नं ३ को महिला भलिबल टिम बनाइने खेल संयोजक उमेश केसीले बताउनुभयो ।

‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नारासहित चरिकोट टुँडिखेल मैदानमा शुरु भएको खेल फागुन ११ गतेसम्म सञ्चालन हुने जिल्ला खेलकूद विकास समिति दोलखाका अध्यक्ष हिरा थोकरले बताउनुभयो ।

दोलखा र काभ्रेबीच भएको पहिलो खेलमा दोलखा तथा भक्तपुर र धादिङबीच भएको खेलमा भक्तपुरले जित हात पारेका छन् ।

उदयपुरमा श्रीमानको क

धरान / उदयपुरमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्य

प्रदेश नम्बर १ बाट प

हाम्रो सस्कृती हाम्रो संस्कार: प्रदेश नम्बर १ बाट प्रथम

योजना आयोगका कर्मचार

धरान  / राष्ट्रिय योजना आयोगको कार्यालयमा एक

नेकपा प्रदेश २ का अध

धरान / नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले अध्यक्ष पद


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved